लन्डन ९ अप्रिल २०२५ । गुल्मी जिल्ला समाज यूकेले मिर्गौलापीडित एकल महिला कमला थापामगर खत्रीलाई आर्थिक सहयोग गरेको छ ।

गुल्मीको चन्द्रकोट ४ शान्तिपुरकी दुवै मिर्गौला बिग्रिएकी कमलालाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाको अगुवाइमा बेलायतमा संकलन गरिएको चार लाख १६ हजार २० रुपैयाँ सहयोग मंगलबार हस्तान्तरण गरिएको हो ।
आर्थिक अभावका कारण कमलाको उपचारमा कठिनाइ भएपछि परिवारको आग्रहमा बेलायतमा आर्थिक संकलन गरिएको थियो।कमलाको मेरुदण्डमा समेत समस्या रहेकाले कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा छ । सहयोग संकलन संयोजक एवम् समाजका संस्थापक अध्यक्ष काउछाले कमलाको सहयोगार्थ बेलायतमा आर्थिक संकलनमा सहयोग गर्ने समाजका अध्यक्ष रुद्र थापा, महासचिव महलाल घिमिरे र कार्यसमितिसहित सबै सहयोगदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
समाजले पठाएको रकम काठमाडौंमा उपचाररत पीडितसम्म हस्तान्तरण गरिदिने रुपा राना र पिन्की रानालाई पनि उहाँले धन्यवाद दिनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा