
लण्डन । १३ जना भिक्टोरिया क्रस (भिसी) विजेता अग्रज गोरखा सैनिकहरूको सम्मानमा गोर्खा पीस फाउण्डेसनले यही जुन ८ तारिखमा गोरखा वाकको आयोजना गरेको छ ।
आसफोर्डको पार्कबाट बिहान ११ बजे ग्रेट चार्ट प्ले फिल्ड आसफोर्डबाट शुरु हुने १३ किलोमिटर लामो सो वाक दौडेर वा हिँडेर पूरा गर्न सकिनेछ ।
दौड पूरा भएपछि हुने कार्यक्रममा नेपालबाट आउनुभएका कलाकारहरू शीला आले र राजु परियारका साथै बेलायतका स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् ।
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको गोर्खा पीस फाउण्डेसनले बेलायतको केन्ट क्षेत्रमा बसोबासरत पूर्व गोरखा सैनिकहरूलाई विभिन्न सहयोग गर्दै आएको छ । यसका साथै नेपालमा पनि शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
दौडमा भाग लिन चाहनेहरूले गोर्खा पीस फाउण्डेसनको वेभसाइट https://gurkhapeacefoundation.org/gurkha-walk-2025/ मा गई नाम दर्ता गर्न सक्नेछन् । दर्ता शुल्क १५ पाउण्ड राखिएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि