
लन्डन । बेलायतका विदेशमन्त्री डेभिड लामीले शनिबार इजरायलले बेलायतका दुई सांसदलाई हिरासतमा लिएको र उनीहरूलाई प्रवेश गर्न अस्वीकार गरेको कुरा ‘अस्वीकार्य’ भएको बताउनुभएको छ ।
बेलायती सञ्चार माध्यमहरूका अनुसार सत्तारूढ लेबर पार्टीका युआन याङ र अब्तिसाम मोहम्मद लन्डनबाट इजरायल पुगेको तर उहाँहरूलाई देश प्रवेश गर्नबाट रोकिएको थियो र निष्कासित गरिएको थियो ।
“इजरायल जाने संसदीय प्रतिनिधिमण्डलका दुई बेलायती सांसदलाई इजरायली अधिकारीहरूले हिरासतमा लिएको र प्रवेश गर्न अस्वीकार गरेको कुरा अस्वीकार्य, प्रतिकूल र गहिरो चिन्ताको विषय हो”, लामीले एक विज्ञप्तिमा भन्नुभयो, “बेलायती सांसदहरूलाई व्यवहार गर्ने यो कुनै तरिका होइन र हामी आज राती दुवै सांसदहरूसँग सम्पर्क गरेर हाम्रो समर्थन प्रस्ताव गरेका छौँ भनेर मैले इजरायली सरकारका मेरा समकक्षीहरूलाई स्पष्ट पारेको छु । बेलायत सरकारको ध्यान रक्तपात रोक्न, बन्धकहरूलाई मुक्त गर्न र गाजामा द्वन्द्व अन्त्य गर्न युद्धविराम र वार्तामा फर्कने कुरामा केन्द्रित छ ।”
यस घटनाले लामी र विपक्षी कन्जर्भेटिभ नेता केमी बाडेनोक बीच घरेलु विवाद निम्त्याएको छ । बाडेनोकले आइतबार स्काई न्युजलाई उहाँ ‘इजरायलमा लेबर सांसदहरूबाट आउने धेरै बयानबाजीको बारेमा धेरै चिन्तित’ भएको र दुई सांसदलाई हिरासतमा लिइएको बारे ‘आश्चर्यचकित नभएको’ बताउनुभयो ।
लामीले एक्समा लेखेर जवाफ दिनुभयो, “तपाईंले अर्को देशलाई दुई बेलायती सांसदलाई हिरासतमा लिने र निष्कासित गर्नका लागि समर्थन गर्नु लज्जाजनक छ ।”
गत महिना हमाससँगको युद्धमा अल्पकालीन युद्धविराम समाप्त गरेर सैन्य कारबाही पुनः सुरु भएपछि इजरायलले गाजा पट्टीमा क्षेत्र कब्जा गर्न जोड दिएको छ । यसलाई उसले हमासका लड़ाकुहरूलाई अझै बन्धक भइरहेका मानिसहरूलाई मुक्त गर्न बाध्य पार्ने रणनीति भनेको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन