
लन्डन । मगर संघ यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको शनिबार भएको आठौँ अधिवेशनबाट लालबहादुर पुनमगर (लालु) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष लालु यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्ष र सचिव भने निर्वाचनबाट चयन गरिएको छ । क्याप्टेन रामबहादुर पुनमगरलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रुद्र थापामगर निर्वाचित हुनुभयो । यस्तै प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिव बन्नुभयो ।
उपाध्यक्षहरुमा गुमानसिङ थापामगर र विष्णु श्रीसमगर,महासचिवमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित हुनुभयो ।
कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेगबहादुर बुरामगर र नुनु पाइजा मगर निर्वाचित भएका छन् ।
निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आलेमगरले आठौँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउँदै प्रमाणपत्र दिनुभयो । निर्वाचन मण्डलको सचिवमा जमुना पुनमगर, सदस्यहरुमा हेमा रानामगर, विजय थापामगर र हिक्मत सिङ रॊका मगर हुनुहुन्थ्यो ।
आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक, आर्थिक, विभागीय प्रतिवेदनलगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको मगर संघ यूकेले जनाएको छ । त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरिएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा