
लन्डन । मगर संघ यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको शनिबार भएको आठौँ अधिवेशनबाट लालबहादुर पुनमगर (लालु) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष लालु यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
वरिष्ठ उपाध्यक्ष र सचिव भने निर्वाचनबाट चयन गरिएको छ । क्याप्टेन रामबहादुर पुनमगरलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रुद्र थापामगर निर्वाचित हुनुभयो । यस्तै प्रत्यासी मनोज पुनमगरलाई पराजित गर्दै अनिल थापामगर सचिव बन्नुभयो ।
उपाध्यक्षहरुमा गुमानसिङ थापामगर र विष्णु श्रीसमगर,महासचिवमा गोमान पुन मगर र कोषाध्यक्षमा मोहन थापामगर निर्विरोध निर्वाचित हुनुभयो ।
कार्यसमितिका सदस्यहरुमा पूर्णबहादुर थापामगर, मेगबहादुर बुरामगर र नुनु पाइजा मगर निर्वाचित भएका छन् ।
निर्वाचन मण्डलका प्रमुख आयुक्त डा. प्रेम आलेमगरले आठौँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउँदै प्रमाणपत्र दिनुभयो । निर्वाचन मण्डलको सचिवमा जमुना पुनमगर, सदस्यहरुमा हेमा रानामगर, विजय थापामगर र हिक्मत सिङ रॊका मगर हुनुहुन्थ्यो ।
आठौँ अधिवेशनमा मगर संघ युकेको सांगठानिक, आर्थिक, विभागीय प्रतिवेदनलगायत शाखाका सम्पूर्ण प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको मगर संघ यूकेले जनाएको छ । त्यस्तै विधान समितिले संशोधनको लागि प्रस्तावित विधान पनि सर्वसम्मतले पारित गरिएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन