लन्डन । बेलायतवासी सिनियर इन्जिनियर आरके (राजकुमार) त्रिपाठीले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

१६ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय त्रिपाठीले बिहीबार आफ्ना एजेन्डासहित महासचिव पदमा उम्मेदवारी दिने बिहीबार उहाँले घोषणा गर्नुभएको हो ।
‘धेरै साथी,अग्रज सदस्यहरुसँग सल्लाह गरी एनआरएनए आईसीसीको महासचिव पदमा म आरके त्रिपाठी उम्मेदवारी दिने निर्णयमा पुगेको छु । म एनआरुएनए हितमा काम गर्नेछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले एनआरएनए नागरिकताले ग्यारेन्टी नगरेको धेरै पक्ष र समस्याहरुलाई ख्याल राख्दै वंशजको नेपाली नागरिकताको आन्दोलनलाई अगाडि लाने, सामूहिक लगानी, एनआरएनएमा युवा र बौद्धिक जागरण आफ्नो प्राथमिकता आफ्नो एजेन्डा रहेको उहाँले जनाउनुभयो ।
चुनावमा जितेमा एनआरएनको हकहितमा इमान्दार भएर बोलिरहने उहाँको प्रतिबद्धता छ । ‘तपाईंका सामु जे जे समस्या र गर्नु पर्ने काम छन्,त्यो चाहिँ आवाज उठाउने र पूरा गर्ने प्रयत्न इमान्दारिताका साथ गर्नेछु । म तपाईंहरुप्रति इमान्दार हुनेछु,’ उनले भनेका छन्,’यदि चुनावमा विजय भएँ भने पनि एनआरएनको हक,हितमा बोलिरहने छु । लेखिरहनेछु । काम गरी नै रहनेछु । आकाश झार्नेछु,पातल फोर्नेछु पनि भन्दिनँ। टुटेको विश्वासलाई मेरो नेतृत्वमा जोड्ने प्रयास गर्नेछु ।’
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा