
लन्डन । बेलायतको अर्थतन्त्र सन् २०२५ मा केवल एक प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ ।
बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले भर्खरको प्रकाशनमा सन् २०२५ को लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको छ, जसलाई बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा आफ्नो बयानमा पुष्टि गर्नुभयो ।
“यस वर्षको कम वृद्धिको लगभग एक तिहाइले संरचनात्मक कमजोरी जस्तो देखिने कुरालाई प्रतिबिम्बित गर्दछ । यो उत्पादकतामा केन्द्रित छ,” ओबीआरले जनाएको छ ।
“यदि विश्वव्यापी व्यापार विवाद बढ्दै गयो भने यसले बेलायतको जीडीपी (कुल गार्हस्थ्य उत्पादन) १ प्रतिशतले घटाउन सक्छ,” ओबीआरले उल्लेख गरेको छ ।
बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि सन् २०२४ मा २.५ प्रतिशतबाट सन् २०२५ मा ३.२ प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ, जुन अक्टोबरको प्रक्षेपण भन्दा ०.६ प्रतिशतले बढी हो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा