लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउने अठोट लिएको बताउनुभएको छ ।

आफूलाई पुन: अध्यक्षमा निर्वाचित गरेको सन्दर्भमा बुधबार सन्देश जारी गर्नुहुँदै अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नयाँ टिमले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउने अठोट लिएकोले साथ दिनसमेत आग्रह गर्नुभएको हो । ‘तपाईंहरुको साथ सहयोगले नै अधिवेशन सभ्य र भव्य रुपमा सम्पन्न भयो । हामी निकै उत्साहित भएका छौं । हाम्रो नयां टिमले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त रुपमा अगाडि बढाउने अठोट लिएको छ । यत्ति हो, हामीलाई तपाईंहरुको साथ सहयोग विगत जस्तै निरन्तर चाहिन्छ,’ उहाँको सन्देशमा छ ।
उहाँले एनआरएनए यूके बेलायतस्थित ३ सय ३४ नेपाली संघसंस्थाको छाता संगठन पनि भएकाले यसको गरिमा उँचो बनाइ सबैको हित र कल्याणमा समय समर्पण गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ । उहाँले अधिवेशनका प्रमुख अतिथि एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा.शेष घले, निर्वाचन समिति,अधिवेशन आयोजक मूल समिति,सम्पूर्ण प्रायोजक, चन्दादाता, मिडियाकर्मीलगायतमा पनि धन्यवाद व्यक्त गर्नुभएको छ । ‘विशेष आभार छ एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेलाई जसले प्रमुख अतिथी बनेर अधिवेशनको शोभा बढाइदिनु भयो ।
अधिवेशनमा पाल्नुभएका अतिथीहरु, अधिवेशन आयोजक मूल समितिका संयोजक योगेन क्षेत्रीसहित समस्त सदस्यहरु, निर्वाचन समितिका प्रमुख संयोजक डा. भीम पुन र समस्त टिम, सम्पूर्ण प्रायोजक, चन्दादाता, मिडियाकर्मी, कार्यसमिति सदस्यहरु, प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु, आमदर्शक लगायत अन्य शुभचिन्तकहरुमा धेरै धेरै धन्यवाद छ,’ उहाँको भनाइ छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार गठित एनआरएनए उच्चस्तरीय समितिको निर्देशनमा एनआरएनए यूकेको आइतबार अल्डरसटमा सम्पन्न अधिवेशनले गाहामगरको अध्यक्षतामा विधानअनुरुप ४४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने