




लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यतामा आइतबार द प्यालेस बैंक्वेटिङ हल, अल्डरसटमा एकता महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनबाट प्रेम गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
नयाँ कार्यसमितिका १९ मार्चमा भएको मनोनयन दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि सिंगो कार्यसमिति निर्विरोध भएको निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाले घोषणा गर्नुभयो । उहाँका अनुसार उपाध्यक्षहरुमा तीर्थ मल्ल (अनिल), डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा जानुका राई, कोषाध्यक्ष अवेश राई र सहकोषाध्यक्षमा सुरेश केसी चयन हुनुभयो । महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई निर्विरोध हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा निकेस लिम्बु,एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु,निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, कल्पना कन्डङ्वा चयन हुनुभयो ।






एनआरएनए यूके आईसीसी सदस्यहरुमा लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र सिरीप्रसाद गुरुङ छानिनुभएको छ । निर्वाचन समितिमा संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापा हुनुहुन्थ्यो ।


एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने