
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगर चयन हुनुभएको छ । संघको आइतबार द प्यालेस बैंक्वेटिङ हल, अल्डरसटमा भएको एकता महाधिवेशनबाट गाहामगरको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिका १९ मार्चमा भएको मनोनयन दर्ताका क्रममा सबै पदमा एकल उम्मेदवारी परेपछि सिंगो कार्यसमिति निर्विरोध भएको निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाले घोषणा गर्नुभयो । उहाँका अनुसार उपाध्यक्षहरुमा तीर्थ मल्ल (अनिल), डा ओसिन लिम्बु, धन तामाङ र झलक पुन, महासचिवमा जुरेन्द्र खजुम, सचिवद्वयमा कृष्णप्रसाद खतिवडा र धिरज राई, महिला सचिवमा जानुका राई, कोषाध्यक्ष अवेश राई र सहकोषाध्यक्षमा सुरेश केसी चयन हुनुभयो ।
महिला संयोजक मणिकला गुरुङ र युवा संयोजक विशाल राई निर्विरोध हुनुभएको छ ।

त्यसैगरी, सदस्यहरुमा निकेस लिम्बु,एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु,निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी, कल्पना कन्डङ्वा चयन हुनुभयो ।
एनआरएनए यूके आईसीसी सदस्यहरुमा लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र सिरीप्रसाद गुरुङ छानिनुभएको छ ।
निर्वाचन समितिमा संयोजक डा. भीम पुन, सदस्य सचिव विश्वासदीप तिगेला र सदस्यद्वय राजकुमार (आरके) त्रिपाठी र टेक बहादुर थापा हुनुहुन्थ्यो।
एनआरएनए यूकेको अधिवेशन उच्चस्तरीय समितिका संयोजक डा शेष घलेको प्रमुख आतिथ्यतामा भएको हो । निर्वाचितहरु सबैले प्रमाणपत्र लिइसक्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा