
सुनसरी । बेलायतमा बसोबास गर्दै आउनुभएका कथाकार शुभचन्द्र राईको कथासङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ लोकार्पण गरिएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपाने, नाट्यकर्मी गोपाल देवान र कथाकार शुभचन्द्र राईले बुधबार संयुक्त रुपमा कथासङ्ग्रह विमोचन गर्नुभएको हो ।
कथाको समीक्षा गर्दै प्रा डा न्यौपानेले भन्नुभयो, “शुभचन्द्रका सात वटा कथा पढ्दा भाषामा जनबोली रहेको छ । गाउँघरमा हामी जे बोल्छौँ, त्यो यहाँ आएको छ, कथामा ग्रामीण परिवेश आएको छ ।” अर्का समीक्षक गोपाल देवानले नेपाली साहित्यको क्षेत्रमा यस कथा सङ्ग्रहले एउटा इँटा थप्न सफल भएको बताउनुभयो । उहाँले शिल्पगत हिसाबमा सङ्ग्रहका कथाहरु सशक्त रहेको बताउनुभयो ।
कथाकार राईले आफूले सत्य घटनालाई नै कथाका रूपमा उतारेको बताउनुभयो । ओखलढुङ्गाको वामद्यालमा २०२४ सालमा जन्मिनुभएका उहाँ वाम्बुले राई भाषाका लेखकसमेत हुनुहुन्छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान