
सुनसरी । बेलायतमा बसोबास गर्दै आउनुभएका कथाकार शुभचन्द्र राईको कथासङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ लोकार्पण गरिएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपाने, नाट्यकर्मी गोपाल देवान र कथाकार शुभचन्द्र राईले बुधबार संयुक्त रुपमा कथासङ्ग्रह विमोचन गर्नुभएको हो ।
कथाको समीक्षा गर्दै प्रा डा न्यौपानेले भन्नुभयो, “शुभचन्द्रका सात वटा कथा पढ्दा भाषामा जनबोली रहेको छ । गाउँघरमा हामी जे बोल्छौँ, त्यो यहाँ आएको छ, कथामा ग्रामीण परिवेश आएको छ ।” अर्का समीक्षक गोपाल देवानले नेपाली साहित्यको क्षेत्रमा यस कथा सङ्ग्रहले एउटा इँटा थप्न सफल भएको बताउनुभयो । उहाँले शिल्पगत हिसाबमा सङ्ग्रहका कथाहरु सशक्त रहेको बताउनुभयो ।
कथाकार राईले आफूले सत्य घटनालाई नै कथाका रूपमा उतारेको बताउनुभयो । ओखलढुङ्गाको वामद्यालमा २०२४ सालमा जन्मिनुभएका उहाँ वाम्बुले राई भाषाका लेखकसमेत हुनुहुन्छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित