लन्डन । मगर संघ यूके यूएचएसबी शाखामा नयाँ कार्यसमिति चयन भएको छ ।

आइतबार १६ मार्च २०२५ मा बेलायतको अल्डरसटस्थित प्यालेस रेष्टुरेन्टमा भएको संस्थाको १८ औं वार्षिक साधारणसभा तथा ७ औं महाधिवेशनले बीर बलाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचन समितिको प्रमुख तथा मगर संघ यूकेका पूर्वअध्यक्ष मेजर कुलबहादुर थापामगर दिनुभएको जानकारीअनुसार नयाँ कार्यसमितिको अध्यक्षमा बिर बलाल, उपाध्यक्षमा गणेश बुराथोकी, महिला उपाध्यक्षमा नानु राना, सचिवमा पार्वती थापा, सहसचिवमा धन थापा, कोषाध्यक्षमा गोप सिङ्जाली र सहकोषाध्यक्षमा रोजिना थापा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा डम्बर थापा, सीला थापा, गीता पाइजा, बबी पाईजा, दिपक राना, थम रोका, मञ्जु राना, चन्द्र पुन, सीता थापा, आशा पुन, मनोज पुन निर्वाचित हुनुभएको छ ।
त्यस्तै महिला कार्यसमितिको अध्यक्षमा नुनु राना, उपाध्यक्षमा पार्वती थापा, सचिवमा फूलमाया थापा, सहसचिवमा रजिना थापा चयन हुनु भएको छ ।
सदस्यहरुमा गोमाया थापा, बिष्णु थापा, कमला थापा, सुकु आले, बिना थापा, हेमा थापा, जुना थापा र श्यामकुमारी थापा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
युथ कार्यसमितिको संयोजकमा बिपना थापा, सचिवमा मेरिन पाईजा, सहसचिवमा बिपस छन्त्याल, कोषाध्यक्षमा सुभानी राना, सहकोषाध्यक्षमा पुजन थापा, सांस्कृतिक सचिवमा प्रमिना थापा, मिडिया सचिवमा जस्मिन पुन छानिनु भएको छ । आरती थापा, अनिल थापा, अमृत राम्जाली, ललिता थापा, राजन घर्ती, बिमल घर्ती, सिरिया पुन, सगुन थजाली, कसम राना, अरुणा थापा, लिन्डा थापा, सुमन श्रीस, महेश थापा र देनिश रोकाले सदस्यको जिम्मेवारी पाउनुभएको छ ।
मगर संघ यूके यूएचएसबी शाखा अध्यक्ष ऋषिराम रानाको अध्यक्षतामा भएको पहिलो सत्रमा उपाध्यक्ष बीर बलाल र महिला उपाध्यक्ष धन रोकाले संयुक्तरुपमा स्वागत मन्तव्य दिनुभएको थियो ।
उक्त कार्यक्रम सचिव गणेश बुराथोकीले संचालन गर्नुभएको थियो ।
त्यस सत्रमा प्रस्तुत कार्यसमितिको सम्पूर्ण प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमको अन्त्यमा नेपालबाट बेलायत भ्रमणमा आएका चर्चित लोकदोहोरी गायिका तथा कलाकार देवी आले मगरले सांगीतिक प्रस्तुत दिए उपस्थित दर्शकलाई रमाइलो पार्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा