लन्डन । धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ ।

शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ ।
लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबै अग्रज एवं निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गर्नुभएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला लिम्बु, उपाध्यक्षमा महा राई र पवीन राई, महासचिवमा बल्लभ गुरुङ एवं कोषाध्यक्षमा किशोर राई निर्वाचित हुनुभएको छ । अधिवेशनले कार्यसमितिको १५ सदस्यसमेत निर्वाचित गरेको छ ।
निर्वाचन समिति संयोजकमा पदम राई बीइएम र सचिव एवं सदस्यमा क्रमशः खडाहाङ लिम्बु र नेपालधन राई रहनुभएको थियो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’