लन्डन । धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ ।

शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ ।
लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको जिम्मेवारी सुम्पिएकामा सबै अग्रज एवं निवर्तमान कार्यसमितिप्रति आभार व्यक्त गर्नुभएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला लिम्बु, उपाध्यक्षमा महा राई र पवीन राई, महासचिवमा बल्लभ गुरुङ एवं कोषाध्यक्षमा किशोर राई निर्वाचित हुनुभएको छ । अधिवेशनले कार्यसमितिको १५ सदस्यसमेत निर्वाचित गरेको छ ।
निर्वाचन समिति संयोजकमा पदम राई बीइएम र सचिव एवं सदस्यमा क्रमशः खडाहाङ लिम्बु र नेपालधन राई रहनुभएको थियो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन