
लन्डन । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके-नेपालले अहिलेसम्म कुनै पनि संचारकर्मीलाई आर्थिक सहायता दिने वा प्रलोभनमा पार्ने काम नगरिएको प्रस्ट पारेको छ ।
संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै आफै चन्दा संकलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलब खुवाएको भन्नु हास्यास्पद भएको दाबी गर्नुभएको हो । ‘समितिले अहिलेसम्म कुनै पनि संचारकर्मीलाई आर्थिक सहायता प्रदान गर्ने वा प्रलोभनमा पार्ने काम गरेको छैन । हामी आँफै चन्दा संकलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलब ख्वाएको भन्ने हास्यास्पद आरोप तल्लोस्तरको मनोगत सोच बाहेक केही होइन,’ विज्ञप्तिमा लेखिएको छ ।
गोर्खा सत्याग्रहले संस्थासँग जोडेर नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार नवीन पोखरेलको चरित्रहत्या गर्ने प्रयास भएकोमा भन्दै आपत्तिसमेत प्रकट गरेको छ ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन