
लन्डन । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके-नेपालले अहिलेसम्म कुनै पनि संचारकर्मीलाई आर्थिक सहायता दिने वा प्रलोभनमा पार्ने काम नगरिएको प्रस्ट पारेको छ ।
संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै आफै चन्दा संकलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलब खुवाएको भन्नु हास्यास्पद भएको दाबी गर्नुभएको हो । ‘समितिले अहिलेसम्म कुनै पनि संचारकर्मीलाई आर्थिक सहायता प्रदान गर्ने वा प्रलोभनमा पार्ने काम गरेको छैन । हामी आँफै चन्दा संकलन गरेर जेनतेन चलिरहेको संगठनले पत्रकारलाई मासिक तलब ख्वाएको भन्ने हास्यास्पद आरोप तल्लोस्तरको मनोगत सोच बाहेक केही होइन,’ विज्ञप्तिमा लेखिएको छ ।
गोर्खा सत्याग्रहले संस्थासँग जोडेर नेपाल पत्रकार महासंघ बेलायत शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार नवीन पोखरेलको चरित्रहत्या गर्ने प्रयास भएकोमा भन्दै आपत्तिसमेत प्रकट गरेको छ ।

सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’