लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का संस्थापक र पूर्वअध्यक्षहरुबीच मंगलबार ‘बृहत् एकता’ संवाद हुने भएको छ ।

थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएकोले ‘बृहत् एकता’ संवाद कार्यक्रममा राखिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार संवादका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्वअध्यक्षहरु देवमान हिराचन,जीवा लामिछाने, डा शेष घले,भवन भट्ट, कुमारप्रसाद पन्तलाई आमन्त्रण गरिएको छ ।
यस्तै पूर्वउपाध्यक्ष एवं प्रमुख संरक्षक रामप्रताप थापा,संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदाससहित संस्थापक सदस्य,अभियन्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्वपदाधिकारी, वर्तमान तथा पूर्वसंरक्षक तथा सल्लाहकार, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्वपदाधिकारी तथा सम्पूर्ण पंजीकृत सदस्यहरूमा अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन आह्वान गरिएको छ ।
कार्यक्रम जुम भर्चुअलमार्फत हुने छ । नेपालको समय बेलुका ५ बजे तोकिएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन