
लन्डन । सांस्कृतिक कार्यक्रमसहित शेर्पा संघ बेलायतले ग्याल्पो ल्होसार मनाएको छ । प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा शनिबार ८ मार्चमा विशेष सांस्कृतिक कार्यक्रमका साथ संघले नयाँ वर्ष सिङ मो डुल लो २१५२ औं ल्होसार भव्य रुपमा मनाएको हो । संघका अध्यक्ष रिन्जी शेर्पा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
छोङ शेर्पाको कार्यक्रम संयोजक रहेको कार्यक्रममा प्रथम वरिष्ठ उपाध्यक्ष नुरी शेर्पाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव नोर्बु शेर्पाले गर्नुभएको थियो ।
ल्होसार कार्यक्रममा प्रमुख अतिथि राजदूत घिमिरे, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष प्रेम गाहामगर, सेचेन गुम्बाका धर्म गुरु फुर्तेम्बा शेर्पा, शेर्पा संघ बेलायतका संस्थापक अध्यक्ष तथा संरक्षक काजी शेर्पालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
ल्होसार मनाउन बेलायतका विभिन्न सहरबाट शेर्पा समुदाय मौलिक पहिरन र गरगहनामा सजिएर बाक्लो मात्रामा उपस्थित थिए । चर्चित र स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको थियो ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन