
लन्डन । नेपाली राजदूतावास लन्डनले बेलायतमा नेपाली विद्यार्थीमाथि भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले विभिन्न एजेन्टमार्फत विद्यार्थी ठगीको विषय निन्दनीय र कसुरजन्य रहेको जनाएको छ । ‘पछिल्लो समय नेपालबाट संयुक्त अधिराज्यका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि अध्ययन गर्न आउन इच्छुक विद्यार्थीहरु विभिन्न एजेन्टहरुमार्फत ठगिएको विषयमा पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा आएका समाचार तथा सूचनाहरुप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘संयुक्त अधिराज्यका विश्वविद्यालय तथा कलेजहरुमा दसकौंदेखि नेपाली विद्यार्थीहरु आई अध्ययन गर्दै आएका छन् र यो क्रम चलिरहेको छ । यद्यपि, यहाँका विश्वविद्यालय तथा कलेजहरुमा अध्ययनको लागि सहजीकरण गरिदिने आश्वासन देखाई नेपाली विद्यार्थीहरुलाई ठगी भइरहेको विषय निन्दनीय र कसुरजन्य छ ।’
दूतावासले ठगी हुनबाट सचेत रहन विद्यार्थीहरुलाई आग्रह समेत गरेको छ । ‘अध्ययनको लागि इच्छुक विद्यार्थीहरुले पनि आफू अध्ययन गर्न इच्छुक विश्वविद्यालय तथा कलेज आफैंमा मान्यताप्राप्त हुन होइनन्, साथै अध्ययन गर्ने कार्यक्रमको विषयमा लाग्ने शुल्क, भर्ना प्रक्रिया लगायतका विषयमा यथेष्ट जानकारी लिन र यस्ता विषयमा सचेत रहन राजदूतावास अनुरोध गर्दछ,’ विज्ञप्तिमा छ ।
ठगीजन्य कार्य गर्ने व्यक्तिहरुउपर आवश्यक कदम चाल्न नेपाल र संयुक्त अधिराज्यका निकायहरुमा आवश्यक समन्वय भइरहेको समेत दूतावासले जनाएको छ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन