
लन्डन । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसन (रेडिङ नेपाली समाज) यूकेको भीमसेन खड्का चयन हुनुभएको छ ।
रेडिङको पाकिस्तानी कम्युनिटी हल पाल्मर पार्क लन्डन रोडमा सम्पन्न भएको समाजको तेह्रौँ महाधिवेशनले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओमकार अधिकारी, कल्पना पण्डित, बालकृष्ण दाहाल, प्रेम गुरुङ, लक्ष्मण श्रेष्ठ र यादव श्रेष्ठ रहनुभएको छ ।
महासचिवमा डा. भरत पौडेल, सचिवमा सुवास चौलागाईं, कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । युवा तथा खेलकुद संयोजकमा मीन गुरुङ र सदस्यहरूमा चेत रेगामी, बिनस रिजाल, ईन्द्र कमल लिम्बु, हिम्मत सिटौला, सुरेन्द्र उप्रेती , सिता सापकोटा तिवारी, मनोहर थापा, अजित सेडाईं, मन प्रसाद लिम्बु, सुधंसु मल्ल, पुरुस्वत्तम आचार्य, महेश निरौला, महेन्द्र आले र सह सदस्यहरूमा गोविन्द उप्रेती र सुरेश राना रहनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक कृष्ण न्यौपानेले शपथग्रहण गराउनुभएको थियो भने आयुक्तहरू मान गुरुङ, राम गलाम र रामेश्वर थापाले बधाई तथा शुभकामना दिनुभयो । नयाँ कार्यसमितिलाई पूर्वअध्यक्ष टेक गुरुङ तथा सल्लाहकार सोब रेगामी र चन्द्र बुढाथोकीले पनि बधाई दिनुभयो ।
कार्यसमिति घोषणाअघि संस्थापक प्रथम महिला बत्ती गुरुङ र अध्यक्ष भीमसेन खड्काले संयुक्त रूपमा पानसमा बत्ती बालेर महाधिवेशन उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा समाजका उपाध्यक्ष सुरेश थापाले स्वागत मन्तव्य राख्नुभयो भने प्रथम संस्थापक सदस्य तथा सल्लाहकार विश्वआदर्श पण्डित र सल्लाहकारहरू राम गलाम, मान गुरुङ, महेन्द्र घले गुरुङ र एलबी सुब्बाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैगरी नवआगन्तुक आजीवन सदस्य बिना थापा र युवाको तर्फबाट सूर्य भण्डारीले आआफ्नो मन्तव्य राख्नुभयो ।
समारोहमा समाजका विभिन्न कार्यक्रमहरूमा स्वयं सेवा गर्ने महानुभावहरूलाई प्रशंसापत्र वितरण तथा नयाँ तथा आजीवन सदस्यता लिएका सदस्यहरूलाई सदस्यता कार्ड पनि वितरण गरिएको थियो । समारोहमा ज्येष्ठ नागरिकहरूको लागि सुनौलो लोट्रीसमेत वितरण गरिएको थियो ।
महाधिवेशनमा महासचिव ओमकार अधिकारीले दुई वर्षको कार्य प्रगति विवरण पेस गर्नुभयो भने कोषाध्यक्ष सरोज थापाले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । सभाले दुवै प्रतिवेदन सर्वसम्मतले अनुमोदन गर्यो । यसैगरी सभामा प्रस्तुत गरिएको आगामी कार्यसमितिको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव पनि अनुमोदन गर्यो ।
अन्त्यमा नवनिर्वाचित अध्यक्ष भीमसेन खड्काले सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको तीन वर्षे कार्यकालमा नयाँ टिमको नयाँ ऊर्जा र सबैको सहयोग र साथले समाजको लागी अत्यावश्यक आफ्नै एउटा सामुदायिक भवन खरिद गर्न सकिने अठोट व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालन ओमकार अधिकारीले गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा