
लन्डन । भुम्दिकोट समाज यूकेको अध्यक्षमा योगेश गुरुङ चयन हुनुभएको छ ।
अल्डरसटको एक रेस्टुरेन्टमा शनिबार १ मार्च २०२५ मा भएको समाजको १९ औं साधारणसभा तथा आठौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मिमकाजी गुरुङ, उपाध्यक्षमा केदार गुरुङ, महासचिवमा कुशल गुरुङ र कोषाध्यक्षमा किरण गुरुङ चयन हुनुभयो । ।
यसैगरी सोही समाजको आमा अध्यक्षमा मीना गुरुङ, सीमा गुरुङ उपाध्यक्ष, गोमा गुरुङ सचिव र कमला गुरुङ कोषाध्यक्षमा चयन भएका चुनाव आयोगले जनाएको छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष गुरुङले बराहभूमि र पितृहरुको आशीर्वादलाई शिरमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘हामी सधैं बराह भूमि र पितृहरुको आशीर्वादलाई शिरमा राखी, तपाईंहरुको शुभकामनालाई मुटुमा राखी हाम्रो समाज र गाउँलाई काया वाका चित्तको भावनाद्वारा करुणाका बाटोहरुमा हिँडेर सेवा गर्ने छौं,’ उहाँको भनाइ छ ।
उहाँले भुम्दिकोट समाज युकेको आठौं अधिवेशनमा अध्यक्ष पदमा आफूलाई र धर्मपत्नी मिना गुरुङलाई आमा अध्यक्षमा विश्वास गरी चुनिदिइ जिम्मेवारी दिएकोमा सम्पूर्ण भुम्दिकोट यूके परिवारप्रति आभार व्यक्त गर्नुहुँदै
चुनाव आयोगका संरक्षक मेजर जै बहादुर गुरुङ एमभीओ, संस्थापक अध्यक्ष गमा, प्रमुख सल्लाहकार विष्णु गुरुङ, पूर्वआमा अध्यक्ष सुकुलगायतलाई धन्यवाद दिनुभएको छ ।
यस्तै निवर्तमान अध्यक्ष राम गुरुङ र कार्यसमिति साथै निवर्तमान आमा अध्यक्ष पार्वती गुरुङ र आमाहरूले आफ्नो कार्यकाल अर्थपूर्णपूर्वक सम्पन्न गरेकोमा पनि बधाई तथा आभार व्यक्त गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा