
लन्डन । भुम्दिकोट समाज यूकेको अध्यक्षमा योगेश गुरुङ चयन हुनुभएको छ ।
अल्डरसटको एक रेस्टुरेन्टमा शनिबार १ मार्च २०२५ मा भएको समाजको १९ औं साधारणसभा तथा आठौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मिमकाजी गुरुङ, उपाध्यक्षमा केदार गुरुङ, महासचिवमा कुशल गुरुङ र कोषाध्यक्षमा किरण गुरुङ चयन हुनुभयो । ।
यसैगरी सोही समाजको आमा अध्यक्षमा मीना गुरुङ, सीमा गुरुङ उपाध्यक्ष, गोमा गुरुङ सचिव र कमला गुरुङ कोषाध्यक्षमा चयन भएका चुनाव आयोगले जनाएको छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष गुरुङले बराहभूमि र पितृहरुको आशीर्वादलाई शिरमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘हामी सधैं बराह भूमि र पितृहरुको आशीर्वादलाई शिरमा राखी, तपाईंहरुको शुभकामनालाई मुटुमा राखी हाम्रो समाज र गाउँलाई काया वाका चित्तको भावनाद्वारा करुणाका बाटोहरुमा हिँडेर सेवा गर्ने छौं,’ उहाँको भनाइ छ ।
उहाँले भुम्दिकोट समाज युकेको आठौं अधिवेशनमा अध्यक्ष पदमा आफूलाई र धर्मपत्नी मिना गुरुङलाई आमा अध्यक्षमा विश्वास गरी चुनिदिइ जिम्मेवारी दिएकोमा सम्पूर्ण भुम्दिकोट यूके परिवारप्रति आभार व्यक्त गर्नुहुँदै
चुनाव आयोगका संरक्षक मेजर जै बहादुर गुरुङ एमभीओ, संस्थापक अध्यक्ष गमा, प्रमुख सल्लाहकार विष्णु गुरुङ, पूर्वआमा अध्यक्ष सुकुलगायतलाई धन्यवाद दिनुभएको छ ।
यस्तै निवर्तमान अध्यक्ष राम गुरुङ र कार्यसमिति साथै निवर्तमान आमा अध्यक्ष पार्वती गुरुङ र आमाहरूले आफ्नो कार्यकाल अर्थपूर्णपूर्वक सम्पन्न गरेकोमा पनि बधाई तथा आभार व्यक्त गर्नुभएको छ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन