
लन्डन । पाँचथर समाज सेवा यूकेले च्यारिटी डिनर नाइटबाट संकलित १५ लाख रुपैयाँ पाँचथरको फालेलुङ गाउँपालिका-३ स्थित पापुन्देन आधारभूत विद्यालयलाई दिने भएको छ ।
शुक्रबार २८ फेब्रुअरीमा बसेको समीक्षा बैठकले उक्त विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न वर्गका छात्रछात्रालाई आर्थिक सहयोग दिने घोषणा गरेको संस्थाका विदेश विभाग प्रमुख गजेन्द्रराज नेम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार हालै सम्पन्न च्यारिटी डिनरको समीक्षा बैठक जुममार्फत बसेको थियो ।
संस्थाका अध्यक्ष शान्ति लिम्बूको अध्यक्षतामा बसेको बैठक सहसचिव सन्देश नेम्बाङले सञ्चालन गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ, पूर्वअध्यक्ष नरवीर आङ्बो, सल्लाहकार छवि सेविङ, सल्लाहकार दिल सम्बाहाम्फेलगायत जुम बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरूले च्यारिटी डिनर कार्यक्रम सफल भएकोमा खुसी व्यक्तसमेत गर्नुभएको थियो ।
पाँचथर समाज सेवा यूकेले गत ८ जनवरीमा अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा