
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेनबहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामाङ, नर्बु शेर्पा, भक्त दर्जी, क्याप्टेन बिष्णु श्रेष्ठ र सदस्य सचिवमा राजकुमार त्रिपाठी रहनुभएको छ ।
बेलायतका हरेक नेपाली संघसंस्थालाई प्रतिनिधित्व गर्ने सदस्यहरुको नामावली तल समावेश छ ।‘एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने यो एउटा ऐतिहासिक अवसर हो । त्यसैले यूकेमा बसोबास गर्नु हुने भूतपूर्व गोर्खा समुदायलगायत प्रवासी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई जति सक्दो चाडो एनआरएनएको सदस्यता लिन र महाधिवेशनमा भाग लिनको लागि नाम दर्ता गराउन हामी आग्रह गर्दछौं’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले भननुभयो ।
गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै २३ मार्चमा हुन गैरहेको एनआरएनए यूकेको एकता अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह पनि गर्नुभयो ।
गाहा मगरले सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गठित गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशीघ्र सदस्यता लिन आग्रह गर्नुभयो ।
एनआरएनए यूकेको nrnauk.org/unity-convention वा उच्चस्तरीय समितिको www.nrnahlc.com वेबसाइटमा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउनेछन्। यूकेमा सदस्यता शुल्क निशुल्क गरिएको छ।
अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोके बमोजिम हुनेछ।
अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ। यसअघि एनआरएनए यूकेको सदस्यता लिइसकेका सदस्यहरुलाई अधिवेशनमा भौतिक रुपमा उपस्थित भएर मतदान गर्न दिइने गाहामगरले जनाउनुभयो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध