
लन्डन । बेलायतमा नोरोभाइरस संक्रम बढेको युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचए) ले जनाएको छ।
युकेएचएले अघिल्लो पन्ध्र दिनको तुलनामा फेब्रुअरी ३ र १६ बीचमा भाइरसका केसहरू झन्डै ३० प्रतिशतले बढेको र पाँच–सिजनको औसतभन्दा दोब्बर बढी भएको बताएको छ । स्वास्थ्य एजेन्सीका अनुसार ६५ वर्ष वा माथिका व्यक्तिहरूमा सबैभन्दा धेरै केसहरू फेला परेका छन् । मौसम न्यानो हुनेबित्तिकै उक्त केसहरू सामान्यतया वर्षको यो समयको घट्न थाल्छन् ।
भर्खरको तथ्याङ्कले यो सिजन नयाँ जीआइआइ १७ जीनोटाइपसँग जोडिएका केसहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । यसैबीच, जीआइआइ ४ जीनोटाइप पनि बढिरहेको छ ।
नोरोभाइरस सङ्क्रमणका सामान्य लक्षणहरूमा बान्ता, पखाला र पेट दुख्ने समावेश छन् । भाइरसले कहिलेकाहीं ज्वरो, टाउको दुखाइ र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुन्छ ।
स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन