
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी मार्च २३ मा एकता अधिवेशन हुने भएको छ ।
सम्मानित सर्वोच्च अदालतको गत २१ चैतको आदेशअनुसार एनआरएनए यूकेको अधिवेशन तय गरिएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उच्चस्तरीय समितिले काठमाडौंमा आगामी मार्च ३-५, २०२५ मा अन्तर्राष्ट्रिय महासभा आयोजना गर्ने घोषणा गरेकोले त्यसैसँग मेल खाने गरी एनआरएनए यूके एकता अधिवेशन गर्न लागेको हो।
एनआरएनए यूके एकता वार्षिक साधारणसभा (एजीएम) तथा अन्तरक्रिया अल्डरसटस्थित प्यालेस ब्याङ्क्वेटिङ हलमा दिउँसो साढे १ देखि राति साढे १२ बजेसम्म तोकिएको छ ।
एकता अधिवेशन नेपाली समुदायका प्रमुख मुद्दाहरू विशेषगरी वंशजको नेपाली नागरिकताको निरन्तरता र प्रवासी नेपालीहरूले सामना गरिरहेका अन्य ज्वलन्त विषयहरूमा केन्द्रित रहनेछ । ‘हामी सम्मानपूर्वक पूर्व एनआरएनए अध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेलाई प्रमुख अतिथिको रूपमा बेलायतमा स्वागत गर्न चाहन्छौं । उक्त अधिवेशनमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र उच्चस्तरीय समिति सदस्यहरूको उपस्थिति रहनेछ । उहाँहरुको अनुभव र योगदानले एनआरएनए अभियानको भावी दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ,’ अध्यक्ष मगरले भन्नुभयो ।
भेलामा व्यापक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न यूकेमा बसोबास गर्ने सबै नेपालीलाई उपस्थित हुन एनआरएनए यूकेले अनुरोध गरेको छ । साथै व्यक्तिगत तथा संस्थागत रूपमा nrnauk.org/unity-convention मार्फत एनआरएनए यूके महासभाका लागि दर्ता गर्न सकिनेछ । निःशुल्क नयाँ सदस्यता दर्ताको अन्तिम २३ मार्च २०२५ रहेको छ ।
“हामी तपाईंहरूलाई एनआरएनए यूके एकता महासभा २०२५ मा स्वागत गर्न प्रतीक्षारत छौं, साथै एकताबद्ध तथा सशक्त प्रवासी नेपाली समुदाय निर्माणमा सहकार्य गर्न तत्पर छौं । तपाईंहरूको सहभागिता नेपाली समुदायको एकता सुदृढ गर्न तथा सामूहिक हित सम्बोधन गर्न महत्वपूर्ण हुने हाम्रो विश्वास छ,’ अध्यक्ष गाहामगरले भन्नुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा