
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी मार्च २३ मा एकता अधिवेशन हुने भएको छ ।
सम्मानित सर्वोच्च अदालतको गत २१ चैतको आदेशअनुसार एनआरएनए यूकेको अधिवेशन तय गरिएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उच्चस्तरीय समितिले काठमाडौंमा आगामी मार्च ३-५, २०२५ मा अन्तर्राष्ट्रिय महासभा आयोजना गर्ने घोषणा गरेकोले त्यसैसँग मेल खाने गरी एनआरएनए यूके एकता अधिवेशन गर्न लागेको हो।
एनआरएनए यूके एकता वार्षिक साधारणसभा (एजीएम) तथा अन्तरक्रिया अल्डरसटस्थित प्यालेस ब्याङ्क्वेटिङ हलमा दिउँसो साढे १ देखि राति साढे १२ बजेसम्म तोकिएको छ ।
एकता अधिवेशन नेपाली समुदायका प्रमुख मुद्दाहरू विशेषगरी वंशजको नेपाली नागरिकताको निरन्तरता र प्रवासी नेपालीहरूले सामना गरिरहेका अन्य ज्वलन्त विषयहरूमा केन्द्रित रहनेछ । ‘हामी सम्मानपूर्वक पूर्व एनआरएनए अध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेलाई प्रमुख अतिथिको रूपमा बेलायतमा स्वागत गर्न चाहन्छौं । उक्त अधिवेशनमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र उच्चस्तरीय समिति सदस्यहरूको उपस्थिति रहनेछ । उहाँहरुको अनुभव र योगदानले एनआरएनए अभियानको भावी दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ,’ अध्यक्ष मगरले भन्नुभयो ।
भेलामा व्यापक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न यूकेमा बसोबास गर्ने सबै नेपालीलाई उपस्थित हुन एनआरएनए यूकेले अनुरोध गरेको छ । साथै व्यक्तिगत तथा संस्थागत रूपमा nrnauk.org/unity-convention मार्फत एनआरएनए यूके महासभाका लागि दर्ता गर्न सकिनेछ । निःशुल्क नयाँ सदस्यता दर्ताको अन्तिम २३ मार्च २०२५ रहेको छ ।
“हामी तपाईंहरूलाई एनआरएनए यूके एकता महासभा २०२५ मा स्वागत गर्न प्रतीक्षारत छौं, साथै एकताबद्ध तथा सशक्त प्रवासी नेपाली समुदाय निर्माणमा सहकार्य गर्न तत्पर छौं । तपाईंहरूको सहभागिता नेपाली समुदायको एकता सुदृढ गर्न तथा सामूहिक हित सम्बोधन गर्न महत्वपूर्ण हुने हाम्रो विश्वास छ,’ अध्यक्ष गाहामगरले भन्नुभयो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन