
लन्डन । याक्थुङ/लिम्बुका मुन्धुमीस्थल तथा सांस्कृतिक केन्द्र ताप्लेजुङको पाथीभरा क्षेत्र मुक्कुम्लुङमा आन्दोलनरत पक्षमाथि सरकारले गरेको दमनप्रति पहिचानवादी मोर्चा यूकेले विरोध जनाएको छ ।
मोर्चाका संयोजक देबी तुम्बाहाङ्फे र सदस्य सचिव लाहाङ चेम्जङले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै मुक्कुम्लुङमा केबलकार बन्न नहुनेभन्दै आन्दोलनरत पक्षमाथि सरकारले बर्बर दमन गरेकोमा घोर निन्दा गरेका हुन् । ‘२२ फेब्रुअरीको राति ताप्लेजुङको फुङलिङमा पूर्वनिर्धारित आफ्नो शान्तिपूर्ण कार्यक्रमलाई सफल बनाउन भेला हुँदैगर्दा ओली सरकारका मतियार प्रहरीहरुद्वारा इतिहासले कहिल्यै क्षमा गर्न नसक्ने गरी लोकतान्त्रिक मूल्य मान्यताविपरीत मानव अधिकारको बर्खिलापमा जुन हर्कतहरु भएका छन्,’ विज्ञप्तिमा भनिएको छ,’जस्तै खाना खाइरहेको समयमा अश्रुग्यास हानेर अर्धचेत बनाउने, लछारपछार पार्ने, अनावश्यक बल प्रयोग गरी हातखुट्टा भचाउने, नियन्त्रणमा लिने, सुतिरहेको ठाउँबाट पिट्दै गिरफ्तार गरेर लग्ने, सम्पर्कविहीन बनाउने, घरको छतबाट ढुंगा हान्ने जस्ता आतङकवादीशैलीमा आन्दोलनकारीहरुमाथि गरिएको बर्बर दमनको जति निन्दा गरे पनि कमी नै हुन्छ । ओली सरकारको यी आतङकवादी कार्यहरुको यूके मोर्चा घोर निन्दा गर्दछ ।’
स्थानीयले केबुलकारको विरोध गर्दै आइरहे पनि व्यापारी चन्द्र ढकालको प्रभावमा परी ओली सरकार जबर्जस्त केबुलकार बनाउन उद्दत मात्र छैन,आन्दोलनकारीहरुमाथि विभिन्न बहाना र झुटो तिकडमहरु रच्दै गोली ठोक्ने, अङ्गभ्ङग हुनेगरी निर्मम प्रहारहरु गर्ने जस्ता निन्दनिय कर्तुतहरु गर्दै आइरहेकोप्रति मोर्चाको गम्भीर ध्यानकर्षण भएको समेत जनाइएको छ ।
‘मुम्कुम्लुङलाई सधैंको लागि तहसनहस बनाउने गरीको केबलकार परियोजना इतिहासले विर्सन नसक्ने सांस्कृतिक जेनोसाईड हो । हजारौं वर्ष पूराना १० औं हजार रुखहरु काटिएका छन् । परिणामतः संसारमै दुर्लभ जीव जीवात्माहरुलाई सधैंको लागि ध्वस्त बनाउने आपराधिक कार्यहरु केबुलकार विकास योजनाको नाममा यो ओलि सरकारले गरिरहेको छ,’ विज्ञप्तिमा छ, ‘त्यसकारण, सांस्कृतिक, जैवीक र पर्यावरणीय हिसाबले यो सरकारी कदम सरासर अपराध हो भन्ने हाम्रो ठम्याई पनि छ ।’
मोर्चाले मुम्कुम्लुङलाई मुन्धुम र प्रकृति निर्दिष्ट बनाउन केबुलकारको विपक्षमा उठिरहेको आन्दोलमा सहभागी हुँदै पहिचानको यात्रामा निर्भिक अघि बढ्न सम्पूर्ण न्यायप्रमी दाजुभाइ तथा दिदीबहिनीहरु र युवायुवतीहरुलाई आह्वानसमेत गरेको छ ।

एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग