झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानको उद्घाटन गर्नुभएको छ ।

कचनकवल गाउँपालिकाको बनियानीस्थित हुकाहुकी चोकबाट अध्यक्ष दाहालले अभियानको सोमबार उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।

पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले जनताको कुरा सुन्ने, दुःख, सुख बाँड्ने र उत्पीडनमा परेकाको अन्त्य गर्ने उद्देश्यले अभियान थालिएको बताउनुभयो ।

उहाँले विगतमा पार्टीले गरेको कमीकमजोरीलाई पाँच महिनासम्म स्थानीय तहदेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित जनतामा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन