
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा आङ्दावा शेर्पा सर्वसम्मत चयन भएका छन् ।
बीसीसी यूकेमा शनिबार २२ फेब्रुअरी २०२५ मा भएको संस्थाको साधारणसभाबाट शेर्पाको नेतृत्वमा छैटौं कार्यसमिति सर्वसम्मत चयन भएको हो । शेर्पा पाँचौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।

निर्वाचन आयुक्त तथा बीसीसी यूकेका पूर्वअध्यक्ष नरेश गुरुङका अनुसार कार्यसमिति उपाध्यक्षमा रबिन गुरुङ,क्या. देव घले, मे. हितमान गुरुङ, महासचिव मे. कुमार गुरुङ एमभिओ, सचिवमा मे. सकर गुरुङ, कोषाध्यक्षमा मे. बलदेव तामाङ, सहकोषाध्यक्षमा रिन्जी शेर्पा चयन भए ।
नवनिर्वाचित कार्यसमितिलाई गुम्बाका मूलगुरू खेम्पो यान्जी सेनाङले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । निर्वाचन समितिमा नरेश गुरुङ, मे.खुशीमान गुरुङ,ले.नारायण गुरुङ, धर्म तामाङ थिए ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले सबैको समर्थन, सुझाव र सहकार्यबिना आफूहरुको यात्रा अपुरो हुने भन्नुहुँदै सबै जना एकजुट हुनसकेमा बीसीसी यूकेलाई अझ स्वागतयोग्य र प्रेरणादायी बनाउन सकिने बताउनुभयो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा