
लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको अध्यक्षमा आङ्दावा शेर्पा सर्वसम्मत चयन भएका छन् ।
बीसीसी यूकेमा शनिबार २२ फेब्रुअरी २०२५ मा भएको संस्थाको साधारणसभाबाट शेर्पाको नेतृत्वमा छैटौं कार्यसमिति सर्वसम्मत चयन भएको हो । शेर्पा पाँचौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएको थियो ।

निर्वाचन आयुक्त तथा बीसीसी यूकेका पूर्वअध्यक्ष नरेश गुरुङका अनुसार कार्यसमिति उपाध्यक्षमा रबिन गुरुङ,क्या. देव घले, मे. हितमान गुरुङ, महासचिव मे. कुमार गुरुङ एमभिओ, सचिवमा मे. सकर गुरुङ, कोषाध्यक्षमा मे. बलदेव तामाङ, सहकोषाध्यक्षमा रिन्जी शेर्पा चयन भए ।
नवनिर्वाचित कार्यसमितिलाई गुम्बाका मूलगुरू खेम्पो यान्जी सेनाङले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । निर्वाचन समितिमा नरेश गुरुङ, मे.खुशीमान गुरुङ,ले.नारायण गुरुङ, धर्म तामाङ थिए ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले सबैको समर्थन, सुझाव र सहकार्यबिना आफूहरुको यात्रा अपुरो हुने भन्नुहुँदै सबै जना एकजुट हुनसकेमा बीसीसी यूकेलाई अझ स्वागतयोग्य र प्रेरणादायी बनाउन सकिने बताउनुभयो ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन