

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाकी अध्यक्ष विमला सेने नेतृत्वको टोलीले नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग शिष्टाचार भेट गरेको छ ।
शाखा पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरुले शुक्रबार साँझ नेपाली दूतावास लन्डन पुगेर राजदूत घिमिरे र पत्नी सरिता न्यौपाने घिमिरेलाई स्वागतसहित शिष्टाचार भेट गर्नुभएको हो । शाखा अध्यक्ष सेनेले राजदूत घिमिरे दम्पतीलाई खादा र पुष्पगुच्छासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।
राजदूत घिमिरेले आफ्नो स्वागत गरेकामा महासंघलाई धन्यवाद दिँदै बेलायतमा नेपाली पत्रकारहरु सक्रिय र सशक्त रहेको थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया जनाउनुभयो । उहाँले देश र समाज निर्माणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आफ्नो व्यावसायिक धर्म सधैं निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले दूतावासले महासंघबाट सधैं रचनात्मक सुझाव सल्लाह अपेक्षा गरेको पनि बताउनुभयो ।
उक्त अवसरमा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, सचिव विश्वासदीप तिगेला, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सल्लाहकारद्वय नरेश खपाङ्गी मगर र नवीन पोखरेल, केन्द्रीय प्रतिनिधि दुत पुन (चिम्खोले काइँला), सदस्यहरु नगेन्द्र नेम्बाङ, बम थापा सूर्यवंशी र गोमा राना एवं मनोक्रान्तिका अभियन्ता गजेन्द्र नेम्बाङको उपस्थिति थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा