
काठमाडौं । किरात वाम्बुले राई भाषाको पत्रिका लिब्जु भुम्जुका सम्पादक गणेश राई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ ।
शुक्रबार २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले संयुक्त रुपमा राईलाई १ लाख रुपैयाँ राशिसहित पुरस्कार प्रदान गर्नुभएको हो । प्रतिष्ठानले सृजनाका माध्यमबाट पहाडी र हिमाली क्षेत्रमा बोलिने नेपाली,वाम्बुले भाषा, साहित्य संरक्षणमा योगदान दिएकाले राईलाई पुरस्कृत गरिएको जनाएको छ ।
राई गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा थप समावेश गरिएको वाम्बुले राई भाषापृष्ठको संयोजकसमेत हुनुहुन्छ । उहाँ २०५० देखि लिब्जु भुम्जु त्रैमासिक पत्रिकामार्फत मातृभाषाको पत्रकारिता गर्दै आउनुभएको छ ।
यस्तै, गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा समावेश गरिएको थारु भाषापृष्ठका संयोजक कमलसिं रानाथारु पनि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानले तराई मधेश क्षेत्रमा बोलिने मातृभाषा (रानाथारु)को साहित्य सम्बृद्धिमा पुर्याएको योगदानलाई कदर गर्दै रानाथारुलाई पुरस्कृत गरिएको जनाएको छ । पुरस्कार राशि एक लाख रुपैयाँ रहेको छ ।

बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ