
लन्डन । गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा एकता महाधिवेशन तथा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।
१६ फेब्रुअरी आइतबार जुममार्फत सम्पन्न कार्यसमिति बैठकले अल्डरसटस्थित प्यालेस ब्याङक्यूटिङ हलमा एकता महाधिवेशन र साधारणसभा गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभएको हो । उहाँका अनुसार सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिको निर्देशनबमोजिम बेलायत शाखाले अल्डरसटमा महाधिवेशन र साधारणसभा तय गरेको हो ।
महाधिवेशनमा एनआरएनए पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घले प्रमुख अतिथी हुने गाहामगरले जनाउनुभयो । अध्यक्ष गाहामगरले एकता महाधिवेशनमा सहभागी हुन बेलायतवासी सबै नेपालीमा अपिल गर्नुभएको छ । महाधिवेशनको मुख्य एजेन्डामा वंशजको नेपाली नागरिकता निरन्तरता र भूतपूर्व गोर्खा सम्बन्धि जारी मुद्दा छन् । यी एजेण्डा काठमाडौंमा ३ देखि ५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए आइसीसीको विधानमा समेट्न छलफल र प्रस्तावका लागि एक प्रमुख विषय हुने बताइएको छ ।
बैठकले डा. भीम पुनको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरेको छ । निर्वाचन समितिमा सदस्य सचिव विश्वासदीप तिगेला छन् भने तीन सदस्यहरु पछि थपिने छ । बैठकले साधारण सभाका लागि एक मध्यस्थता टोली समेत गठन गरेको छ जसमा डा. भीम पुन (निर्वाचन आयुक्त), एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, एनआरएनए यूके आइसीसी सदस्य ओम थापा काउचा र एनआरएनए यूके संरक्षक भरत रोका रहनुभएको छ ।
बैठकले यूके एकता महाधिवेशनका लागि सदस्यता दर्ता एवं नवीकरण समयसीमा २२ मार्च, २०२५ तोकेको छ । अन्तर्राष्ट्रिय महाधिवेशनका लागि भने ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्नुपर्ने समयसीमा छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा