लन्डन । नेकपा एमालेनिकट संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ यूके)का पदाधिकारीले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत गरेको छ ।

अध्यक्ष तुंगभद्र भुसालको नेतृत्वमा सोमबार दिउँसो लन्डन दूतावास पुगेको ओएनएफ यूके प्रतिनिधिमण्डलले राजदूतसँगे भेटघाट गरेको हो । अध्यक्ष भुसालले खादा र पुष्पगुच्छासहित मञ्चका तर्फबाट राजदूत घिमिरेलाई बेलायतमा स्वागत गर्नुभयो । उहाँले घिमिरेलाई सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।
अध्यक्ष भुसालले एनआरएनए नागरिकता, पूर्व गोर्खाका समस्यादेखि बेलायतबाट नेपालले लाभ लिन सक्ने सम्भावित क्षेत्रलगायतका विषयमा सुझाव दिनुभएको थियो । राजदूत घिमिरेले ओएनएफ यूकेले दिएको स्वागत र सुझावहरुका लागि धन्यवाद दिनुभएको थियो ।
मञ्च पूर्वअध्यक्ष एवम् एनआरएनए केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडा, पूर्वअध्यक्ष भक्त गुरुङ, संघसंस्था विभाग प्रमुख पशुपति पोखरेल, पूर्वअध्यक्ष दिनेश घिमिरे, पूर्वअध्यक्ष राजेन्द्र पुडासैनी, ग्लोबल कमिटी सदस्य सरस्वती केसी, एनआरएनए इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष शम्भुप्रसाद अर्याललगायत राजदूतावास पुग्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा