
लण्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतले आइतबार लण्डनमा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ ।
मञ्चकी अध्यक्ष विमला लिम्बूको अध्यक्षता र महासचिव कृष्ण खनालको सञ्चालनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्र पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश कमिटीका इञ्चार्ज राम कार्की रहेका थिए । कार्कीले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका सल्लाहकार सुरेश गौतम, नेपाली जनप्रगतिशील मञ्च युरोपका इन्चार्ज रणबहादुर खाती क्षेत्री, पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश कमिटीका सचिवालय सदस्य सुरेन्द्र नेपाल श्रेष्ठ, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका संस्थापक अध्यक्ष नविन सापकोटा, नेपाली जनप्रगतिशील मञ्च बेलायतका पूर्व अध्यक्ष मानबहादुर गुरुङ, नेपालबाट अध्ययनका लागि बेलायत आउनु भएका अखिल क्रान्तिकारीका पूर्व सचिवालय सदस्य प्रकाश शाही, रविना श्रेष्ठलगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
युवा कवि निर्भिकजंग रायमाझीले कविता र सुरेन्द्र नेपाल श्रेष्ठले कार्यक्रममा गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै, कार्यक्रममा राज्यद्वारा बेपत्ता पारिएका दिलबहादुर राईका भाइ संघर्ष राई, जनयुद्धमा शहीद हुनुभएका शंकर खपाङ्गीमगरका भाइ नरेश खपाङ्गीमगरलाई सम्मानस्वरुप पुष्पगुच्छा प्रदान गरिएको थियो । शहीद परिवारका अर्का सदस्य विपिन गुरुङ भने पारिवारिक शोकका कारण उपस्थित हुन सक्नुभएन ।
कार्यक्रममा उपस्थित सबैलाई कर्मा पहाडी शेर्पाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संयोजन मञ्चका उपाध्यक्ष हरिकृष्ण पौडेलले गर्नुभएको थियो । युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुबीच परिचयात्मक कार्यक्रम पनि गरिएको थियो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’