लन्डन । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए)ले यथाशीघ्र एनआरएनए सदस्यता लिन आग्रह गरेको छ । अध्यक्ष प्रेम गाहामगरले विज्ञप्ति निकालेर एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशिघ्र सदस्यता लिन आग्रह गर्नुभएको हो ।

उच्चस्तरीय समितिको वेबसाइट www.nrnahlc.com मा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउने छन् । सदस्यताका लागि आवेदन दिने मिति २८ फेब्रुअरी २०२५ सम्म तोकिएको छ ।अध्यक्ष गाहा मगरले यसपटक एनआरएनए यूकेको सदस्यता नि:शुल्क गरिएको जनाउनुभयो ।
आगामी ३-५ मे, २०२५ मा काठमाडौँमा गर्न लागिएको अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ सदस्य वा नवीकरण गराएका सदस्यहरुले भाग लिन पाउने छन्। अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोकेबमोजिम हुनेछ । अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ ।
विगतमा महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) छान्न विवाद हुने गरेकोमा यसपटक एनआरएनएका सबै वैध सदस्यहरुले काठमाडौँमा गएर तोकिएको शुल्क तिरी महाधिवेशन प्रतिनिधि बन्न र नयाँ कार्यसमिति चुन्नका लागि मतदान गर्न पाउने छन् ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा