
लन्डन । पाँचथर समाज सेवा यूकेको च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । शनिबार ८ फेब्रुअरीमा एम्पायर हल अल्डरसटमा औपचारिक कार्यक्रम अध्यक्ष शान्ति लिम्बु र प्रमुख अथिति किरात याक्थुङ चुम्लुङ यूकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम सफल भएको भन्दै संयोजक सन्देश नेम्बाङले च्यारिटी रकम अनुमानभन्दा धेरै संकलन भएको बताउनुभयो । प्रमुख अथिति लिम्बुले पाँचथर समाज सेवा यूकेले स्थापनाकालदेखि सहयोग, सहकार्य गर्दै आएको भन्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले नेपाली दोहोरो नागरिकतालगायत समसमायिक विषयमा मन्तव्य राख्नुभयो ।
विभिन्न संघ संस्थाबाट बाक्लो उपस्थिति रहेको च्यारिटी कार्यक्रममा अथितिहरु नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने, नेप्लिज ड्राइभिङ एसोसिएसन यूकेका अध्यक्ष क्याप्टेन रिटायर्ड टाम ढेगा संखुवासभा सेवा समाज यूकेकी अध्यक्ष हेमकला गुरुङ राना, वरिष्ठ उपाध्यक्ष प्रकाश राहुत, चुम्लुङ यूकेका सल्लाहकार याम आङ्बोहाङ, समाजसेवी रामकुमार इजम, चुम्लुङ रसमोर शाखा अध्यक्ष थान कुमान नाल्बो, किरात याक्थुङ चुम्लुङ यूकेका सङ्स्थापक अध्यक्ष खड्गजङ आङ्बोहाङ, खोटाङ समाज सेवा यूकेका अध्यक्ष प्रसाद राई, किरात राई यायोक्खाबाट कपिल राई, तमु धीं यूकेबाट कार्यवाहक अध्यक्ष कमल गुरुङ, समाजसेवी नरकुमारी वनेम लिम्बु , किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष दिपेन्द्र याक्सो,मेजर चक्रबहादुर खत्री, लेफ्टिनेन्ट कर्णेल रिटायर्ड गिलाम, बहालवाला अथितिहरु मेजर तिमोथी कमिङ्स, मेजर नवल किरण याक्खा, मेजर किरन पुन एमभीओ, क्याप्टेन बिजय लिम्बु, क्याप्टेन मदन जिमि, २आरजीआरआरएसएम WO1 प्रविन किशोर राईको उपस्थिति रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा भ्वाइस अफ नेपाल उपविजेता मकर योन्जनलगायत
स्थानीय कलाकारहरु गायक तारा लक्सम, गायक सन्दिप गुरुङ, गायिका तायाहाङमा राई, गायिका कला चेम्जोङ,गायिका रितिका लिम्बु , डान्सरहरुमा मोडेल दीपा योङया लिम्बु र अन्जना केरुङ समूहको प्रस्तुतिले माहोल तातिएको थियो ।
च्यारिटी कार्यक्रमबाट संकलित रकम पाँचथर जिल्ला फालेकुङ गाउँपालिकामा अवस्थित पापोन्देन विद्यालयलगायत अन्य विद्यालयहरुमा सहयोग गर्ने अध्यक्ष लिम्बुले बताउनुभयो । कार्यक्रममा उपस्थित अथितिलगायत कार्यसमितिका साथीहरु, कलाकार, पत्रकार प्रत्यक्ष-अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्ने सबै जनालाई अध्यक्ष लिम्बुले धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य विदेश विभाग प्रमुख गजेन्द्र नेम्बाङले राख्नुभएको थियो भने महासचिव लाहाङ चेम्जोङ र उद्घोषिका मोडेल पारु राईले सामूहिक रुपमा कार्यक्रम सन्चालन गर्नुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा