
लन्डन । ४० औं वार्षिकोत्सवको अवसरमा गोर्खाज् इन्टेक १९८५ ले टेलिभिजन कार्यक्रम इन्द्रेणीलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।
अध्यक्ष लालबहादुर लिम्बुको नेतृत्वमा शुक्रबार इन्द्रेणीको कार्यालयमा पुगेको टोलीले दिनदुखीको लागि १ लाख र कार्यालय व्यवस्थापनका लागि १ लाख रुपैयाँ सहयोग दिएको हो । गोर्खाज् र नम्बरनीहरुको सहभागितामा ३ वटा इपिसोडमा छायांकनसमेत भएको थियो ।
अध्यक्ष लालबहादुर लिम्बु र ४० औं वार्षिकोत्सवका संयोजक शेरबहादुर सुनार तथा पूर्वअध्यक्षहरुले संस्थाको तर्फबाट दिनदुखीको सहयोगका लागि १ लाख र इन्द्रेणी कार्यक्रम व्यवस्थापनका लागि १ लाख रुपैयाँ सहयोग सञ्चालक कृष्ण कँडेललाई प्रदान गरिएको अध्यक्ष लालबहादुर लिम्बुले जानकारी दिनुभयो ।
त्यस्तै इन्टेकको तर्फबाट मायाको चिनो र प्रमाणपत्रसमेत प्रदान गर्दै इन्द्रेणीका कलाकार, बाद्यवादक, सञ्चालकलगायत परिवारलाई नै खादा लगाइदिएर सम्मान व्यक्त गरिएको थियो । उक्त अवसरमा चर्चित गायक राजु परियार, गायिका मनमाया वाइबालगायत उपस्थित हुनुहुन्थ्यो ।
केही नम्बरीहरुले समेत इन्द्रेणीलाई सहयोग दिएका महासचिव विजय गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार स्व.कैलाश बाखिमकी श्रीमती युव बाखिमले पनि स्व सासु, बाआमाको नाममा १ लाख रुपैयाँ इन्द्रेणी कार्यक्रमका लागि सहयोग प्रदान गर्नुभयो ।
इन्द्रेणीका सञ्चालक कँडेलले शुक्रबार गोर्खाज् इन्टेक १९८५ को जम्बो टिमको उपस्थितिमा इपिसोड छायांकन गर्न पाएकोमा ऐतिहासिक भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष लिम्बूले पनि इन्द्रेणीले दिएको सहभागिताको मौकाका लागि धन्यवाद दिँदै इन्द्रेणी कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गरे । इन्द्रेणी कार्यक्रममा गोर्खाज् इन्टेकलाई सहभागिताको तारतम्य पूर्वअध्यक्ष राजन क्षत्रीले मिलाउनुभएको थियो ।
गोर्खाज् इन्टेक १९८५ ले शनिबार काठमाडौंको सोल्टी होटलमा ४० औं वार्षिकोत्सव धुमधामसँग मनाएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान