लन्डन । नेपाल मुक्तक प्रतिष्ठान युके शाखाले नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यता तथा अन्य वरिष्ठ मुक्तककारहरुको उपस्थितिमा एघारौं मुक्तक दिवस तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मुक्तक प्रतिष्ठान युकेका उपाध्यक्ष प्रतिमा केसीको संयोजन, नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता र सचिव गङ्गा भण्डारीको संचालनमा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा दर्जनभन्दा बढी मुक्तककारहरुले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रम संयोजक प्रतिमा केसीको स्वागत मुक्तक तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान युकेका सल्लाहकार डा• रुपक श्रेष्ठले एघारौँ मुक्तक दिवस, चतुश्पदीय मुक्तक लेखनको ऐतिहासिक पृष्ठभूमि र कार्यक्रम आयोजनाको औचित्य बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष रामकाजी कोनेले आफ्ना चोटिला मुक्तक वाचन गर्दै अब मुक्तकले एउटा सशक्त विधाको रुप लिइसकेको र वरिष्ठ साहित्यकारहरुले यसमा आफ्ना कलम चलाएको र नयाँ पुस्ता निकै आकर्षित भएको तथ्य पेश गरे ।
फेसबुक लाइभसमेत गरिएको मुक्तकमय कार्यक्रममा मुक्तककारहरू वासु शर्मा, रामकाजी कोने, प्रतिमा केसी, कुमार केसी, सञ्जिता देउजा, नानु राना थापा, जित छन्त्याल, रघु भण्डारी, मोहन अचार्य, राज श्रेष्ठ, दुर्ग प्रसाद पोखरेल, डा. रुपक श्रेष्ठ र गङ्गा भण्डारीले आफ्ना मुक्तकहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै केन्द्रीय अध्यक्ष रामकाजी कोनेले वर्तमान साहित्यमा मुक्तकको महत्व र आवस्यकताबारे आफ्ना भनाइ राख्दै हालै नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक “मुक्तक मूहिम”का बारे चर्चा गरेका थिए ।
अध्यक्ष दुर्गाप्रसाद पोखरेलले कार्यक्रमबारे आफ्ना धारणा राख्दै तथा सबैलाई धन्यवाद दिँदै यस कार्यक्रमको समापन गरेका थिए ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण