लन्डन । नेपाल मुक्तक प्रतिष्ठान युके शाखाले नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यता तथा अन्य वरिष्ठ मुक्तककारहरुको उपस्थितिमा एघारौं मुक्तक दिवस तथा मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मुक्तक प्रतिष्ठान युकेका उपाध्यक्ष प्रतिमा केसीको संयोजन, नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षता र सचिव गङ्गा भण्डारीको संचालनमा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा दर्जनभन्दा बढी मुक्तककारहरुले आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रम संयोजक प्रतिमा केसीको स्वागत मुक्तक तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान युकेका सल्लाहकार डा• रुपक श्रेष्ठले एघारौँ मुक्तक दिवस, चतुश्पदीय मुक्तक लेखनको ऐतिहासिक पृष्ठभूमि र कार्यक्रम आयोजनाको औचित्य बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष रामकाजी कोनेले आफ्ना चोटिला मुक्तक वाचन गर्दै अब मुक्तकले एउटा सशक्त विधाको रुप लिइसकेको र वरिष्ठ साहित्यकारहरुले यसमा आफ्ना कलम चलाएको र नयाँ पुस्ता निकै आकर्षित भएको तथ्य पेश गरे ।
फेसबुक लाइभसमेत गरिएको मुक्तकमय कार्यक्रममा मुक्तककारहरू वासु शर्मा, रामकाजी कोने, प्रतिमा केसी, कुमार केसी, सञ्जिता देउजा, नानु राना थापा, जित छन्त्याल, रघु भण्डारी, मोहन अचार्य, राज श्रेष्ठ, दुर्ग प्रसाद पोखरेल, डा. रुपक श्रेष्ठ र गङ्गा भण्डारीले आफ्ना मुक्तकहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै केन्द्रीय अध्यक्ष रामकाजी कोनेले वर्तमान साहित्यमा मुक्तकको महत्व र आवस्यकताबारे आफ्ना भनाइ राख्दै हालै नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक “मुक्तक मूहिम”का बारे चर्चा गरेका थिए ।
अध्यक्ष दुर्गाप्रसाद पोखरेलले कार्यक्रमबारे आफ्ना धारणा राख्दै तथा सबैलाई धन्यवाद दिँदै यस कार्यक्रमको समापन गरेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा