लन्डन । तमु धीं यूकेको टोली नेपाल भ्रमणका लागि प्रस्थान गरेको छ । नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा शुक्रबार ३१ जनवरीमा हिथ्रो विमानस्थल हुँदै भ्रमण टोली नेपाल प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा निवर्तमान अध्यक्ष हरि गुरुङ, पूर्वअध्यक्ष हितकाजी गुरुङ, गीतकारसमेत रहनुभएका ट्रस्टी एकेन्द्र गुरुङ, आमा समूहका निवर्तमान अध्यक्ष सन्ध्या गुरुङ, पूर्वअध्यक्ष मन्जु सीता गुरुङलगायत हुनुहुन्छ । टोलीका अन्य पदाधिकारी, सदस्यहरु कोही नेपाल पुगिसक्नुभएको छ । भ्रमणका क्रममा नेपालका पर्यटकीय स्थल भ्रमण, विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्ने कार्यक्रम छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजीले दिनुभएको जानकारी अनुसार बौद्ध अर्घौं सदन, ताङ्ले समाज, तमु सांस्कृतिक प्रतिष्ठान नेपाल, सहारा एकेडेमी, तमुधिं नेपाल, नौलो घुम्ती, चार भन्ज्याङ तमु समाज च्यारिटी डिनरलगायत संघ संस्थाहरुसँग भेटघाट, बगर भाइ खलक, फुटबल फाइनल, आहा रारा पोखरा गोल्डकपको उद्घाटन र समापन समारोहमा, पोखरा म्याराथनमा सहभागी हुने कार्यतालिका छ ।
यस्तै पर्यटकीय गन्तव्य गल्याङ, लमजुङ, सिक्लेस, चित्रे, राम्जा आर्थर, खाल्टे, ल्वाङलगायतमा पनि भ्रमण टोली पुग्नेछ । महासचिव डा विशाल गुरुङको नेतृत्वमा पर्वतमा १० फेब्रुअरीमा सुरु हुने नि:शुल्क आँखा शिविर शुभारम्भ कार्यक्रममा पनि तमु धींको टोली पुग्ने छ ।
उक्त टोली २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा