
लन्डन । चारभन्ज्याङ तमु समाज युकेले नेपालबाट आएका गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र कलाकार पवित्रा गुरुङलाई स्वागत सम्मान गरेको छ ।
फेल्थाममा २६ जनवरी २०२५ मा एक कार्यक्रमबीच चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले खादा, फेटा, क्रमु, बुके लगायतको मायाको चिनोबाट स्वागत सम्मान गर्नुभएको हो ।
अध्यक्षता चारभन्ज्याङ तमु समाज युके अध्यक्ष बेनकुमार गुरुङ, सरस्वती गुरुङ, तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, चारभन्ज्याङ म्युजिक भिडियोका कोरियोग्राफर कलाकार पबित्रा गुरुङ, चारभन्ज्याङ तमु समाज युकेका संस्थापक अध्यक्ष ले. नारायण गुरुङ बिइएम, पूर्व अध्यक्ष मे.कृष्णबहादुर गुरुङ, चारभन्ज्याङ आईसीसी अध्यक्ष ले.चन्द्रबहादुर गुरुङले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर गुरुङले स्वागत र महासचिव अमर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा