लन्डन । सेवारो कलाकार संघ युकेको अध्यक्षमा इन्द्रा पङ्धाक (लिम्बु) निर्वाचित हुनुभएको छ । शनिबार २५ जनवरी २०२५ आस्फोर्डस्थित सगरमाथा गोर्खा नेपाली समाजको कार्यालयमा भएको संघको तेस्रो अधिवेशनले पङ्धाकको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षहरुमा बिमला लिम्बू, भिम मादेन, जय मादेम्बा, महेश्वरि नेम्बाङ, अग्नि केदेम, महासचिव माक्सती ओख्राबो, सचिव शान्ति खिम्दिन, सहसचिव राजन नेम्बाङ, कोषाध्यक्ष सानू सुब्बा र सहकोषाध्यक्षमा कुबेर हुक्पा चोङ्बाङ चयन भएको निर्वाचन आयुक्त डम्मर सिंगकले जानकारी दिनुभयो । सदस्यहरु : कृष्ण कुमार हेम्ब्या (मिडिया), नगेन्द्र नेम्बाङ (मिडिया), कबित यक्सो (के लाङ), पदम सम्बाहाम्फे (मुन्धुम), दिलु पन्धाक (हाक्पारे), भगवती थलङ (पालाम/ख्याली), गङ्गा लिम्बू (केलाङ – सहायक सदस्य) र धनु याख्खा (केलाङ – सहायक सदस्य) चयन हुनुभएको छ ।
निर्वाचन समितिको आयुक्तमा डम्मर सिंगक, सचिवद्वयमा केवाईसी यूके पूर्वउपाध्यक्ष एवं वर्तमान रश्मोर नेपाली समाजका अध्यक्ष लिला सेलिङ माबो र नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष एवं केवाईसी यूके पूर्वउपाध्यक्ष विमला सेने रहनुभएको थियो । निर्वाचन समितिका आयुक्त सिंगकले अधिवेशनमा उपस्थिति, नयाँ नेतृत्वमा समेटिएकाले सेवारो कलाकार संघको भविष्य उज्वल देखेको बताउनुभयो ।
‘अधिवेशनमा बृहत् उपस्थितिले हामीलाई एउटा उमंग त थप्यो नै नयॉ जोस र जॉगरका साथ याक्थुङ/लिम्बु समुदायमा लिपी, भाषा, साहित्य, पत्रकारिता, पालाम, हाक्पारे, ख्याली, केलाङ, या-लाङ, गीत संगीत अथवा आफ्नो संस्कृति, परम्पराको उत्थान र विकासमा ठूलो योगदान पुर्याउँदै आएका व्यक्तिहरु संस्थामा आबद्ध भई सेवा गर्ने जोश देख्दा सेवारो कलाकार संघको भविष्य उज्वल देखेको छु,’ उहाँले थप्नुभयो, ‘साथसाथै दिनदिनै हाम्रो याक्थुङवा याक्थुङमाहरुको यो प्रवासमा उपस्थिति थपिँदै जाँदा हाम्रा पुर्खाले छाडेर गएका सांस्कृतिक पहिचान र परम्परागत नासोहरुलाई सही मार्ग र एकताबद्धरुपमा भविष्यमा पनि निरन्तरता प्रदान गर्नसक्नुपर्ने कर्तव्यको भार महसुस भएको छ ।

‘अधिवेशन निवर्तमान अध्यक्ष दुर्गा पाङ्मा (हु चङ्बान) को अध्यक्षतामा भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’