लन्डन । सेवारो कलाकार संघ युकेको अध्यक्षमा इन्द्रा पङ्धाक (लिम्बु) निर्वाचित हुनुभएको छ । शनिबार २५ जनवरी २०२५ आस्फोर्डस्थित सगरमाथा गोर्खा नेपाली समाजको कार्यालयमा भएको संघको तेस्रो अधिवेशनले पङ्धाकको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षहरुमा बिमला लिम्बू, भिम मादेन, जय मादेम्बा, महेश्वरि नेम्बाङ, अग्नि केदेम, महासचिव माक्सती ओख्राबो, सचिव शान्ति खिम्दिन, सहसचिव राजन नेम्बाङ, कोषाध्यक्ष सानू सुब्बा र सहकोषाध्यक्षमा कुबेर हुक्पा चोङ्बाङ चयन भएको निर्वाचन आयुक्त डम्मर सिंगकले जानकारी दिनुभयो । सदस्यहरु : कृष्ण कुमार हेम्ब्या (मिडिया), नगेन्द्र नेम्बाङ (मिडिया), कबित यक्सो (के लाङ), पदम सम्बाहाम्फे (मुन्धुम), दिलु पन्धाक (हाक्पारे), भगवती थलङ (पालाम/ख्याली), गङ्गा लिम्बू (केलाङ – सहायक सदस्य) र धनु याख्खा (केलाङ – सहायक सदस्य) चयन हुनुभएको छ ।
निर्वाचन समितिको आयुक्तमा डम्मर सिंगक, सचिवद्वयमा केवाईसी यूके पूर्वउपाध्यक्ष एवं वर्तमान रश्मोर नेपाली समाजका अध्यक्ष लिला सेलिङ माबो र नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्ष एवं केवाईसी यूके पूर्वउपाध्यक्ष विमला सेने रहनुभएको थियो । निर्वाचन समितिका आयुक्त सिंगकले अधिवेशनमा उपस्थिति, नयाँ नेतृत्वमा समेटिएकाले सेवारो कलाकार संघको भविष्य उज्वल देखेको बताउनुभयो ।
‘अधिवेशनमा बृहत् उपस्थितिले हामीलाई एउटा उमंग त थप्यो नै नयॉ जोस र जॉगरका साथ याक्थुङ/लिम्बु समुदायमा लिपी, भाषा, साहित्य, पत्रकारिता, पालाम, हाक्पारे, ख्याली, केलाङ, या-लाङ, गीत संगीत अथवा आफ्नो संस्कृति, परम्पराको उत्थान र विकासमा ठूलो योगदान पुर्याउँदै आएका व्यक्तिहरु संस्थामा आबद्ध भई सेवा गर्ने जोश देख्दा सेवारो कलाकार संघको भविष्य उज्वल देखेको छु,’ उहाँले थप्नुभयो, ‘साथसाथै दिनदिनै हाम्रो याक्थुङवा याक्थुङमाहरुको यो प्रवासमा उपस्थिति थपिँदै जाँदा हाम्रा पुर्खाले छाडेर गएका सांस्कृतिक पहिचान र परम्परागत नासोहरुलाई सही मार्ग र एकताबद्धरुपमा भविष्यमा पनि निरन्तरता प्रदान गर्नसक्नुपर्ने कर्तव्यको भार महसुस भएको छ ।

‘अधिवेशन निवर्तमान अध्यक्ष दुर्गा पाङ्मा (हु चङ्बान) को अध्यक्षतामा भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा