
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताउनुभएको छ । उहाँले आगामी २४ घण्टाभित्र दुई नेताबीच भेटवार्ता हुने पनि बताउनुभयो ।
“मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भन्नुभयो, “म उहाँलाई धेरै मन पराउँछु ।” ट्रम्पका निकट सहयोगी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले हालै गरेको निर्मम मौखिक आक्रमणको सिकार बनेपछि स्टार्मरबारे ट्रम्पको यो टिप्पणी आएको हो ।
ट्रम्प प्रशासनको ‘सरकारी कार्यदक्षता विभाग’ नामक नवगठित निकायको प्रमुखमा नियुक्त मस्कले यसै महिना आफ्नो सामाजिक सञ्जाल एक्सको प्रयोग गर्दै बेलायती प्रधानमन्त्री स्टार्मरविरुद्ध गरेका पोष्ट र राष्ट्रपति ट्रम्पको बेलायती सरकारसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उहाँले पत्रकारसँग भन्नुभयो, “म स्टार्मरको दर्शनसँग सहमत नहुन सक्छु तर उहाँसँग मेरो राम्रो सम्बन्ध छ ।”
ट्रम्पले भन्नुभयो, “उहाँ उदार हुनुहुन्छ, जुन मेरो लागि अलि फरक छ, तर मलाई लाग्छ उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्छ।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उहाँ र मेरो आगामी २४ घण्टामा फोनवार्ता हुँदैछ।” गत जुलाईमा निर्वाचित भएको बेलायतको नयाँ लेबर सरकारले ट्रम्पको टोलीसँग सहकार्यका लागि महिनौँदेखि प्रयास गरिरहेको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा