
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘निकै राम्रो काम’ गरेको बताउनुभएको छ । उहाँले आगामी २४ घण्टाभित्र दुई नेताबीच भेटवार्ता हुने पनि बताउनुभयो ।
“मलाई लाग्छ उहाँले अहिलेसम्म निकै राम्रो काम गर्नुभएको छ”, राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारसँग भन्नुभयो, “म उहाँलाई धेरै मन पराउँछु ।” ट्रम्पका निकट सहयोगी तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले हालै गरेको निर्मम मौखिक आक्रमणको सिकार बनेपछि स्टार्मरबारे ट्रम्पको यो टिप्पणी आएको हो ।
ट्रम्प प्रशासनको ‘सरकारी कार्यदक्षता विभाग’ नामक नवगठित निकायको प्रमुखमा नियुक्त मस्कले यसै महिना आफ्नो सामाजिक सञ्जाल एक्सको प्रयोग गर्दै बेलायती प्रधानमन्त्री स्टार्मरविरुद्ध गरेका पोष्ट र राष्ट्रपति ट्रम्पको बेलायती सरकारसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उहाँले पत्रकारसँग भन्नुभयो, “म स्टार्मरको दर्शनसँग सहमत नहुन सक्छु तर उहाँसँग मेरो राम्रो सम्बन्ध छ ।”
ट्रम्पले भन्नुभयो, “उहाँ उदार हुनुहुन्छ, जुन मेरो लागि अलि फरक छ, तर मलाई लाग्छ उहाँ धेरै राम्रो व्यक्ति हुनुहुन्छ।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उहाँ र मेरो आगामी २४ घण्टामा फोनवार्ता हुँदैछ।” गत जुलाईमा निर्वाचित भएको बेलायतको नयाँ लेबर सरकारले ट्रम्पको टोलीसँग सहकार्यका लागि महिनौँदेखि प्रयास गरिरहेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा