
लन्डन । तीन साताको नेपाल भ्रमणका क्रममा तमु धीं यूके र सहारा यूकेको टोली आउँदो १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ पुग्ने भएको छ ।
ल्वाङ होमस्टेको निमन्त्रणमा उक्त टोली दुई दिनको अवलोकन भ्रमणका लागि ल्वाङ जाने निश्चित भएको हो । ल्वाङ गाउँबाट नजिकै देखिने माछापुच्छ्रे, अन्नपूर्ण हिमाल नियाल्दै अन्नपूर्ण चियाबारी, बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर, गुफा, श्री बाराही आधारभूत निम्न माध्यमिक विद्यालय आदिको भ्रमण गर्ने तालिका रहेको तमु धीं यूकेका मिडिया सेक्रेटरी एस. के. गुरुङले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा १४ फेब्रुअरी बिहान ९ बजे सहारा यूकेले सहयोग गरेको ‘ल्वाङ भिलेज’ बोर्डको उद्घाटन गरिने छ ।
तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वको भ्रमण टोली यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्दैछ । टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ ।
प्रारम्भिक जानकारी अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान, १ फेब्रुअरीमा काठमाडौंमा डा जगमान गुरुङसँग भेटघाट गर्ने, २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने, ३ मा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ ।
फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ । ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किनेछ ।
यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, तमु धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ । सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ । यस्तै र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ ।
१५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, १७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तमु धीं यूकेको मिडिया सेक्रेटरी एस. के. गुरुङले जानकारी दिनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा