लन्डन । बेलायतमा सक्रिय ५ वटा तामाङ संस्थाले शनिबार २५ जनवरीमा एकै ठाउँमा सोनाम ल्होछार मनाउँदै छन् ।

तामाङ समाज युके, तामाङ घेदुङ युके, म्हेन्दोमाया परिवार युके, ल्हा म्हेन्दो तामाङ समाज युके र रेप केन्ट ह्युल्बाले संयुक्त रुपमा तामाङ जातिको महान् राष्ट्रिय सांस्कृतिक पर्व ल्होछार विविध कार्यक्रम गरी मनाउन लागेका हुन् । यो वर्ष मञ्जश्री सम्वत्-२८६१ डुल/सापुख्री ल्हो (सर्प वर्ग) को स्वागत गरिँदै छ ।
लन्डनस्थित ह्यारो लिजर सेन्टरमा शनिबार बिहान ११:३० देखि लामागुरु कर्म वान्ग्देल र उहाँको टिमले पूजा सुरु गर्नेछ भने वाङ वितरण पूजापाठ ढोकभेटपश्चात् दिउँसो २ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ । मिठा तामाङ परिकार छोहोका साथै भोजनको व्यवस्था साथै सांस्कृतिक कार्यक्रम राति अबेरसम्म चल्ने आयोजकले जनाएका छन् ।
कार्यक्रमका लागि नेपालसहित विभिन्न देशबाट राष्ट्रिय कलाकारहरु बेलायत आएका छन् । चर्चित सेलो गायक चन्द्रकुमार दोङ, इन्डियन आइडल सिजन ३ विजेता प्रशान्त तामाङ लन्डन आइपुगिसक्नुभएको छ । विमानस्थलमा संयुक्त ल्होछार मूल समारोह समितिका सदस्यहरुले पुष्पगुच्छा र खादा लगाई स्वागत गरेका थिए । दोङ बिहीबार र प्रसाद शुक्रबार बेलायत उत्रिनु भएको हो ।
सोनाम ल्होछार कार्यक्रममा चन्द्रकुमार, प्रशान्तसहित सिङ्गीङ स्टार सिजन १ विजेता ऋतु लामा, कुमार योन्जन, कृष्ण पाख्रिन, सानु वाइबा, रश्मी तामाङ, कमला पाख्रिन घले, सुसन तामाङ र संगीता मगरको प्रस्तुतिका साथ म्हेन्दोमाया र सेलो नृत्य विशेष आकर्षण रहने आयोजकले जनाएका छन् ।
संयुक्त ल्होसार मूल समारोह समितिका संयोजक हरिसिंह वाइबा र सदस्य सचिव बम ब्लेन्थेन हुनुहुन्छ । सबै पाँच समाजका अध्यक्षहरु सदस्य रहने गरी १०१ सदस्यीय मूल समारोह समिति बनाएर कार्यक्रम तयारी गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा