लन्डन । बेलायत भ्रमणमा रहनुभएकी गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ नेपाली दूतावास लण्डन पुग्नुभएको छ ।

सांसद गुरुङले २३ जनवरीमा लन्डनस्थित नेपाली दूतावासमा पुग्नुभएको हो । उहाँले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेसँग भेटवार्ता गर्नुभयो । भेटमा राजदूत घिमिरेसँग उहाँले बेलायतमा रहेका नेपालीको समस्या समाधानका लागि पहल लिइदिन आग्रह गर्नुभएको थियो ।
नेपालको उत्पादन बेलायतमा ल्याएर बेच्नेहरूलाई दूतावासले सहजीकरण गरिदिनुपर्नेमा पनि सांसद गुरुङले जोड दिनुभएको छ । त्यस्तै नेपाली आमाहरूमा रहेको भाषाको समस्यामा दूतावासले ध्यान दिनुपर्ने, दूतावासमा धेरैभन्दा धेरै हेल्प डेस्क राखेर छिटो समस्या सुन्ने वातावरण बनाउनुपर्ने, नेपालबाट बेलायत आएर काम गर्नेहरूलाई भेला गरेर उनीहरूका समस्या सुन्ने र समाधानमा सहजीकरण गर्नसमेत दूतावासलाई आग्रह गर्नुभएको छ ।
राजदूत घिमिरेले नेपालीहरूलाई परेका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भेटका क्रममा दूतावास नियोग उपप्रमुख विपिन दुवाडी, काउन्सिलर लक्ष गुरुङलगायतको पनि उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा