
लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने घोषणा गर्नुभएको छ ।
सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गर्नुभएको हो । त्यस्तै, उहाँ अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभर्सिटीमा रहेको थिंक ट्यांक ‘हुभर इन्स्टिच्युट’मा ‘भिजिटिङ फेलो’को भूमिकामा पनि रहनुहुनेछ । सुनकले अक्सफोर्डमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र अध्ययन गर्नुभएको थियो । पछि उहाँले स्टानफोर्डबाट मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेशन (एमबीए) गर्नुभएको हो ।
सुनकले यी दुवै संस्थाप्रति विशेष आभार र माया रहेको पनि बताउनुभयो । सुनकको यो घोषणा महिनौँसम्म चलिरहेको चर्चा पछि आएको हो । सुनक फेरि क्यालिफोर्नियामा बसाईं सर्ने चर्चा पनि चलेको छ । यो विषय गत वर्षको आम निर्वाचनका बेला विपक्षी दलका नेताहरूले निरन्तर उठाएका थिए ।
प्रधानमन्त्रीको कार्यकालपछि सुनकको पहिलो औपचारिक भूमिका यही हो । उनी हाल रिचमन्ड र नर्थ अलर्टन (उत्तर यर्कशायर) बाट सांसद छन् । नयाँ भूमिका लिनुअघि सुनकले आफ्ना दुई पूर्ववर्तीको अनुकरण गरेका छन् । सर टोनी ब्लेयरले प्रधानमन्त्रीको भूमिका छोडेपछि यल विश्वविद्यालयमा अध्यापन गराएका थिए । त्यस्तै गोर्डन ब्राउनले न्यूयोर्क विश्वविद्यालयमा ‘डिस्टिङ्ग्विस्ट लिडर इन रेजिडेन्स’ भएका थिए ।
सुनक सन् २०२२ अक्टुबर २५ देखि २०२४ जुलाई ५ सम्म बेलायतका प्रधानमन्त्री बन्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा