
लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक महत्वपूर्ण दुई भूमिकाका साथ आफ्ना पूराना विश्वविद्यालयमा फर्कने घोषणा गर्नुभएको छ ।
सुनकले बेलायतको यूनिभर्सिटी अफ अक्सफोर्ड ब्लाभाटनिक स्कूल अफ गभर्मेन्टको ‘वर्ल्ड लिडर्स सर्कल’को सदस्यको रुपमा प्रवेश गर्न लागेको घोषणा गर्नुभएको हो । त्यस्तै, उहाँ अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड युनिभर्सिटीमा रहेको थिंक ट्यांक ‘हुभर इन्स्टिच्युट’मा ‘भिजिटिङ फेलो’को भूमिकामा पनि रहनुहुनेछ । सुनकले अक्सफोर्डमा दर्शनशास्त्र, राजनीति र अर्थशास्त्र अध्ययन गर्नुभएको थियो । पछि उहाँले स्टानफोर्डबाट मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेशन (एमबीए) गर्नुभएको हो ।
सुनकले यी दुवै संस्थाप्रति विशेष आभार र माया रहेको पनि बताउनुभयो । सुनकको यो घोषणा महिनौँसम्म चलिरहेको चर्चा पछि आएको हो । सुनक फेरि क्यालिफोर्नियामा बसाईं सर्ने चर्चा पनि चलेको छ । यो विषय गत वर्षको आम निर्वाचनका बेला विपक्षी दलका नेताहरूले निरन्तर उठाएका थिए ।
प्रधानमन्त्रीको कार्यकालपछि सुनकको पहिलो औपचारिक भूमिका यही हो । उनी हाल रिचमन्ड र नर्थ अलर्टन (उत्तर यर्कशायर) बाट सांसद छन् । नयाँ भूमिका लिनुअघि सुनकले आफ्ना दुई पूर्ववर्तीको अनुकरण गरेका छन् । सर टोनी ब्लेयरले प्रधानमन्त्रीको भूमिका छोडेपछि यल विश्वविद्यालयमा अध्यापन गराएका थिए । त्यस्तै गोर्डन ब्राउनले न्यूयोर्क विश्वविद्यालयमा ‘डिस्टिङ्ग्विस्ट लिडर इन रेजिडेन्स’ भएका थिए ।
सुनक सन् २०२२ अक्टुबर २५ देखि २०२४ जुलाई ५ सम्म बेलायतका प्रधानमन्त्री बन्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा