
लन्डन । ब्रिटिस गोर्खा भेटेरेन्स एसोसिएसनले श्री बेघा लिम्बु र जोन लाभरिकलाई सम्मान गरेको छ ।
ननिटन तथा बेडवर्थ बरो काउन्सिलका मेयर काउन्सिलर बिल ह्यानकक्सले एक कार्यक्रमका बीच लिम्बु र लाभरिकलाई एसोसिएसनको यस वर्षको उत्कृष्ट र जिम्मेवार सदस्यको रुपमा सम्मानपत्र प्रदान गर्नुभएको हो । लिम्बु र लाभरिकले बितेको वर्षमा संस्थामा खेलेको भूमिकाका लागि उक्त सम्मान गरिएको एसोसिएसनका अध्यक्ष साथै डेपुटी मेयर क्याप्टेन रिटायर्ड, भिम सारुले जानकारी दिनुभयो ।
कार्यक्रममा ननिटनका मेयर काउन्सिलर ह्यानकक्स, श्रीमती मेयरेस शैला ह्यानकक्स तथा एसोसिएनका मुख्य सदस्यहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा एसोसिएसनका सदस्यहरुलाई मेयरको कार्यकच्य साथै डिबेट गर्ने हलको पनि भ्रमण गराइएको थियो ।

विगत वर्षमा पनि नैन भुजेल साथै एन्डी टेलरलाई सम्मान गरिएको थियो । एक आपसमा सहयोगको भावना बढोस्, अरुलाई पनि प्रोत्साहन मिलोस्, आफूले गरेको कामको मूल्यांकन भएको महसुस होस् साथै समाजको नाम रहोस् भन्ने हेतुले सम्मानको कामलाई अगाडि बढाइएको मेयर सारुले बताउनुभयो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा