
लन्डन । ब्रिटिस गोर्खा भेटेरेन्स एसोसिएसनले श्री बेघा लिम्बु र जोन लाभरिकलाई सम्मान गरेको छ ।
ननिटन तथा बेडवर्थ बरो काउन्सिलका मेयर काउन्सिलर बिल ह्यानकक्सले एक कार्यक्रमका बीच लिम्बु र लाभरिकलाई एसोसिएसनको यस वर्षको उत्कृष्ट र जिम्मेवार सदस्यको रुपमा सम्मानपत्र प्रदान गर्नुभएको हो । लिम्बु र लाभरिकले बितेको वर्षमा संस्थामा खेलेको भूमिकाका लागि उक्त सम्मान गरिएको एसोसिएसनका अध्यक्ष साथै डेपुटी मेयर क्याप्टेन रिटायर्ड, भिम सारुले जानकारी दिनुभयो ।
कार्यक्रममा ननिटनका मेयर काउन्सिलर ह्यानकक्स, श्रीमती मेयरेस शैला ह्यानकक्स तथा एसोसिएनका मुख्य सदस्यहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा एसोसिएसनका सदस्यहरुलाई मेयरको कार्यकच्य साथै डिबेट गर्ने हलको पनि भ्रमण गराइएको थियो ।

विगत वर्षमा पनि नैन भुजेल साथै एन्डी टेलरलाई सम्मान गरिएको थियो । एक आपसमा सहयोगको भावना बढोस्, अरुलाई पनि प्रोत्साहन मिलोस्, आफूले गरेको कामको मूल्यांकन भएको महसुस होस् साथै समाजको नाम रहोस् भन्ने हेतुले सम्मानको कामलाई अगाडि बढाइएको मेयर सारुले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक