
लन्डन । नेपालको गण्डकी प्रदेश सांसद सरस्वती गुरुङ बेलायत आइपुग्नु भएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएकी गुरुङ क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा मंगलबार १४ जनवरी २०२५ का दिन लन्डन आइपुग्नु भएको हो । सांसद गुरुङलाई क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेका पदाधिकारीहरु र कार्यसमिति सदस्यलगायत भाइखलक तथा चेलीबेटीहरुले हिथ्रो टर्मिनल ३ मा स्वागत गर्नुभएको थियो ।
उहाँ क्वोने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज यूकेको यही जनवरी १८ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम-२०२५ मा सहभागी हुनुहुनेछ ।
उक्त अवसरमा चर्चित कलाकारहरु हरिमाया गुरुङ, शितल गुरुङ तथा बिमला गुरुङको प्रस्तुति, नृत्य, चिट्ठा कार्यक्रम अनि थुप्रै मनोरञ्जनात्मक कार्यक्रम रहेको समाजका महासचिव ईन्द्र घोतानेले जानकारी दिनुभयो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा