
काठमाडौं : ‘द गोर्खा मेमोरियल फण्ड बेलायत’ले झापा मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्युटर सहयोग गरेको छ ।
फण्डका अध्यक्ष धनकिरण गुरुङको पहलमा ३२ लाख मूल्यका कम्प्युटरसहित टेबल, कुर्सी र कार्पेट आइतबार १२ जनवरी २०२५ मा विद्यालयलाई हस्तान्तरण गरिएको हो । धुलाबारी माध्यमिक विद्यालयमा तीन हजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नौ सय जनाले कम्प्युटर विषयमा अध्ययन गरिरहेका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताउनुभयो ।
फण्डका अध्यक्ष गुरुङले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई ४२ वर्षपछि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले बेलायतमा जस्तै नेपाली विद्यार्थीले प्रविधिमैत्री शिक्षा प्राप्त गर्न मद्दत पुगोस् भनेर सहयोग जुटाउने गरेको जानकारी दिनुभयो ।
फण्डले दुई वर्षअघि मेचीनगर–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयलाई २८ लाख मूल्य बराबरको ३१ कम्प्युटरसहितको प्रविधि प्रयोगशाला प्रदान गरेको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा