
लन्डन । बेलायतको संसद् भवन परिसर र अन्य ठाउँमा हुने कार्यक्रमका लागि नेपाली कांग्रेसका नेता डा शेखर कोइराला लन्डन आइपुग्नुभएको छ ।
नेता कोइराला बिहीबार राति १०:३० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल फोर उत्रिनु भएको हो । उहाँलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको जम्बो टोलीले स्वागत गरेको थियो ।
उहाँ बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आउनुभएको हो ।
कोइरालाले आउँदो १३ जनवरी साँझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।
नेता कोइरालाले एक साता बेलायतमा रहँदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न शहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नुहुनेछ ।
नेता कोइराला बेलायत भ्रमण पूरा गरी जनवरी १६ तारिख नेपाल फर्किने उहाँको सचिवालयले जनाएको छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा