लन्डन । नेपालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनार्थ आर्थिक संकलन गर्न यही १७ जनवरीमा बेलायतमा ‘फन्ड रेजिङ डिनर नाइट’ हुँदै छ ।
तमु धीं यूकेका महासचिव तथा समाजसेवी डा विशाल गुरुङको अगुवाइमा ‘राम्रो आँखाको ज्योति, राम्रो जीवनका लागि’ नारासहित अल्डरसटस्थित एम्पायर हलमा डिनर नाइट हुन लागेको हो ।

कार्यक्रममा सहभागिताका लागि टिकटदर ४५ पाउन्ड तोकिएको छ । शिविरका लागि संघसंस्था र व्यक्तिहरूले सहयोग गर्न सक्नेछन् ।
यस पटक तमु धीं यूके आमा समूह, चार भन्ज्याङ तमु समाज यूके, पर्वत वेल्फेयर सोसाइटीलगायत संस्थाले सहयोग गर्ने प्रतिबद्धता नाइसकेको डा गुरुङले बताउनुभयो । कार्यक्रममा उपस्थित भएर परोपकारी काममा लागि सहयोग गरिदिन डा. विशालले संघसंस्था तथा व्यक्तिहरूलाई अनुरोध गर्नुभएको छ ।
उक्त अवसरमा खानासँगै राफल ड्र जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन् । डिनर नाइटका लागि तमु धीं यूकेले दुई वटा टेबल बुक गरिसकेको छ । अन्य संघसंस्थाले पनि टेबल बुक गरिरहेको उहाँले जानकारी दिनुभयो । डा विशालले यस वर्ष निःशुल्क आँखा शिविरको दोस्रो संस्करण आगामी फेब्रुअरीमा पर्वत र सर्लाहीमा सञ्चालन गर्ने जनाउनुभयो ।
नेपाल नेत्रज्योति संघसँगको समन्वयमा पर्वतको कुस्मा र चार भन्ज्याङमा १०,११, १२ र १३ फेब्रुअरी तथा सर्लाहीमा १८, १९ र २० फेब्रुअरीमा शिविर चल्नेछ । आँखा शिविरलाई सफल बनाउन आवश्यक तयारीका लागि कुस्मा नगरपालिकाका मेयरसहित अन्य व्यक्ति तथा संघसंस्थासँग कुरा भइरहेको डा.विशालले बताउनुभयो ।
शिविरका लागि कुस्मामा हिमालयन आँखा अस्पतालबाट र सर्लाहीका लागि भरतपुर आँखा अस्पतालबाट चिकित्सकको टोली खटिनेछ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष डा. ओमप्रसाद गौतम र नेपाल नेत्र ज्योति संघका अध्धक्ष डा. चेतराज पन्तले आँखा शिविरमा सुरुआतदेखि नै सहयोग गर्दै आएको डा. विशालले बताउनुभयो । डा. विशालले यसअघि सन् २०२३ फेब्रुअरीमा शिविरको पहिलो संस्करण सञ्चालन गर्नुभएको थियो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको शिविर सफल भएकाले नै दोस्रो संस्करण गर्न लागिएको उहाँको भनाइ छ । नगरपालिकालाई मोतीयाबिन्दु मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत भएको शिविरबाट ४ हजार ४७० जनाले सेवा लिएका थिए । ९४ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा