लन्डन । नेपालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनार्थ आर्थिक संकलन गर्न यही १७ जनवरीमा बेलायतमा ‘फन्ड रेजिङ डिनर नाइट’ हुँदै छ ।
तमु धीं यूकेका महासचिव तथा समाजसेवी डा विशाल गुरुङको अगुवाइमा ‘राम्रो आँखाको ज्योति, राम्रो जीवनका लागि’ नारासहित अल्डरसटस्थित एम्पायर हलमा डिनर नाइट हुन लागेको हो ।

कार्यक्रममा सहभागिताका लागि टिकटदर ४५ पाउन्ड तोकिएको छ । शिविरका लागि संघसंस्था र व्यक्तिहरूले सहयोग गर्न सक्नेछन् ।
यस पटक तमु धीं यूके आमा समूह, चार भन्ज्याङ तमु समाज यूके, पर्वत वेल्फेयर सोसाइटीलगायत संस्थाले सहयोग गर्ने प्रतिबद्धता नाइसकेको डा गुरुङले बताउनुभयो । कार्यक्रममा उपस्थित भएर परोपकारी काममा लागि सहयोग गरिदिन डा. विशालले संघसंस्था तथा व्यक्तिहरूलाई अनुरोध गर्नुभएको छ ।
उक्त अवसरमा खानासँगै राफल ड्र जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन् । डिनर नाइटका लागि तमु धीं यूकेले दुई वटा टेबल बुक गरिसकेको छ । अन्य संघसंस्थाले पनि टेबल बुक गरिरहेको उहाँले जानकारी दिनुभयो । डा विशालले यस वर्ष निःशुल्क आँखा शिविरको दोस्रो संस्करण आगामी फेब्रुअरीमा पर्वत र सर्लाहीमा सञ्चालन गर्ने जनाउनुभयो ।
नेपाल नेत्रज्योति संघसँगको समन्वयमा पर्वतको कुस्मा र चार भन्ज्याङमा १०,११, १२ र १३ फेब्रुअरी तथा सर्लाहीमा १८, १९ र २० फेब्रुअरीमा शिविर चल्नेछ । आँखा शिविरलाई सफल बनाउन आवश्यक तयारीका लागि कुस्मा नगरपालिकाका मेयरसहित अन्य व्यक्ति तथा संघसंस्थासँग कुरा भइरहेको डा.विशालले बताउनुभयो ।
शिविरका लागि कुस्मामा हिमालयन आँखा अस्पतालबाट र सर्लाहीका लागि भरतपुर आँखा अस्पतालबाट चिकित्सकको टोली खटिनेछ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष डा. ओमप्रसाद गौतम र नेपाल नेत्र ज्योति संघका अध्धक्ष डा. चेतराज पन्तले आँखा शिविरमा सुरुआतदेखि नै सहयोग गर्दै आएको डा. विशालले बताउनुभयो । डा. विशालले यसअघि सन् २०२३ फेब्रुअरीमा शिविरको पहिलो संस्करण सञ्चालन गर्नुभएको थियो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको शिविर सफल भएकाले नै दोस्रो संस्करण गर्न लागिएको उहाँको भनाइ छ । नगरपालिकालाई मोतीयाबिन्दु मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत भएको शिविरबाट ४ हजार ४७० जनाले सेवा लिएका थिए । ९४ जना बिरामीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश