
लन्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च युकेको २० औं वार्षिकोत्सव मनाइएको छ । अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा आइतबार ५ जनवरी २०२५ बेलुका पश्चिम लन्डनमा आयोजित कार्यक्रमको सुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले सन् २००४ मा तत्कालीन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको रक्षा गर्न एनडीएफको स्थापना गरिएको बताउनुभयो । उहाँले नेपाललाई समृद्ध बनाउन, यहाँ आर्जन गरेको ज्ञान र धनलाई नेपालसँग जोड्न र समृद्ध नेपाल बनाउन संस्थाले काम गर्नु पर्नेमा जोड दिनुभयो ।उहाँले डायस्पोरासँग नजोडिँदासम्म नेपालको विकास सम्भव छैन भन्नुहुँदै भारतलगायत संसारभरि रहेका डायस्पोरालाई समृद्ध नेपाल बनाउन परिचालित गर्नु पर्ने बताउनुभयो । उहाँले प्रवासी नेपाली मञ्चलाई बढी भन्दा बढी नेपालीहरु सम्म पुराउन आग्रह पनि गर्नुभयो ।
पूर्वअध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया लगायतले शुभकामना दिनुभएको थियो ।

एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा संस्थाका पूर्वअध्यक्ष सिम्खडाले २०१४ जनवरी ५ मा आफू मञ्चको अध्यक्षमा निर्वाचित भएको स्मरण गर्नुहुँदै अझ जुझारु रुपमा अगाडि बढ्न संस्थालाई शुभकामना दिनुभयो । अर्का पूर्वअध्यक्ष पुडासैनीले वार्षिकोत्सवमा सहभागी हुन आएका सबैलाई धन्यवाद दिनुभयो ।
यस्तै पूर्वअध्यक्ष सुरेन्द्र थपलियाले सन् २००४ डिसेम्बर २० का दिन आङ्ग कल्जंग लामाको निवासमा भेला भएर आफूहरुले संस्था स्थापना गरेको स्मरण गर्नुभयो । उहाँले नेपालको उन्नति प्रगति र नेपालीको दुखसुखमा साथ दिनुका साथै मञ्चले सामाजिक र परोपकारी कामहरु गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहार सहितको राफल टिकट बिक्री अभियान संचालन गर्न लागेको जानकारी दिनुभयो ।
त्यस्तै प्रवासी नेपाली मञ्च युके इन्चार्ज सरस्वती केसी, प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका उपसचिव कर्ण शाही, ओएनएफ युके नर्थ वेष्ट कमिटी अध्यक्ष भिमलाल भट्टराई लगायतले पनि शुभकामना दिनुभयो ।
शुभकामना मन्तव्य दिनुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्माले विदेशमा बसेर पनि देशको हितमा केही भए पनि योगदान गर्ने उद्देश्यले नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी एक वैकल्पिक पार्टीको रुपमा स्थापित भैसकेको दाबी गर्नुहुँदै जुनसुकै पार्टीमा भए पनि सुसंस्कृत विचार राख्न आग्रह गर्नुभयो ।
प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष तुङ्गभद्र भुसालले कोभिड महामारीको समयमा मञ्चले अन्तर्राष्ट्रिय कमिटीसँग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सन्ट्रेटरहरु नेपाल पठाएको स्मरण गर्नुभयो । उहाँले सन् २०१५ को महाभूकम्पलगायत विपदको बेलामा सक्दो सहयोग गर्दै आएको जनाउनुभयो । उहाँले एमालेका राम्रा कामहरुको प्रचारप्रसार गर्नुका साथै कमीकमजोरी सच्याउन आफूहरुले रचनात्मक सुझाव पनि दिने गरेको बताउनुभयो ।
कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सीमा अधिकारी, अनिशा लगायतले रोचक नृत्य प्रस्तुत गर्नुभयो ।
सचिव पुण्य रेग्मीले संचालन गर्नुभएको समारोहमा कार्यक्रम संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य राख्नुभयो भने उपाध्यक्ष डा. मुकुन्द बास्तोलाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराउनुभएको थियो । वार्षिकोत्सवमा बेलायतमा बसोबास गर्ने एमालेसँग निकटता राख्ने पुराना तथा नयाँ सदस्यहरुको उपस्थिति थियो ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक