
लन्डन । नयाँ वर्ष २०२५ को अवसरमा साझा नेपाली समाजले शुभकामना आदानप्रदान गरेको छ। सोमबार बिहान भर्च्यअल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिनुभएको थियो।
माजका ट्रष्टी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले समाजले स्थापनाकालदेखि नै सदस्यहरुको हकहितका साथै नेपालमा आपतविपद पर्दा सक्दो सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले समाजसेवामा लाग्दा थुप्रै बाधा व्यवधान व्यहोर्नु परे पनि त्यसबाट प्राप्त हुने सन्तुष्टिले सामाजिक काममा लागि रहन उत्प्रेरित गर्ने बताउनुभयो।
समाजका अध्यक्ष दिपक सापकोटा विशेष कारणले कार्यक्रममा उपस्थित हुन नसकेकोले कार्यक्रमको सभापतित्व साझा नेपाली समाजका उपाध्यक्ष शिव खरालले गर्नुभएको थियो।
कार्यक्रमको सभापतित्व गर्नुभएको खरालले सामाजिक एकता कायम रहोस्, सद्भाव कायम रहोस्, नयाँ साल सुखद रहोस्, दुख कष्ट केही नपरोस भन्ने शुभकामना दिनुभयो।
उक्त अवसरमा समाजका ट्रष्टी संयोजक महेश अधिकारी, ट्रष्टिहरु कृष्णप्रसाद शर्मा, गोमा पौडेल, नारायण फुयाल, पूर्वअध्यक्ष गङ्गा गौतम, शान्ति नेपाली समाजका अध्यक्ष रामप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष प्रविण खराल, समाजका उपाध्यक्ष, शम्भु अर्याल, कार्यसमिति सदस्यहरु सुदर्शन पराजुली, दिनेश ढकाल, गोविन्द सापकोटा, दिपक पौडेल, पत्रकार भगीरथ योगी लगायतले शुभकामना दिनुभयो।
यसैगरी हाम्रो नेपाली समाज वेष्ट मिडल्यांड्सका अध्यक्ष भीम शर्मा, ग्रान्थम नेपाली समाजका अध्यक्ष किशोर लामिछाने, श्रृजनशिल नेपाल समाज लेस्टरका अध्यक्ष पुण्डरीप्रसाद अर्याल, नटिङगहम नेपाली समाजका महासचिव वीरेन्द्र खड्कालगायतले बेलायतमा बसोबास गर्ने नेपालीहरुको हितमा सहकार्य गर्न र सँगै अगाडि बढ्न आफूहरु तयार रहेको बताउनुभयो ।
हाल बेलायत बाहिर रहेका समाजका पूर्वअध्यक्ष रणबहादुर खाती क्षेत्रीले शुभकामना सन्देश पठाउनु भएको थियो।
कार्यक्रमको संचालन समाजका महासचिव शशांक शर्माले गर्नुभएको थियो।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा