
लन्डन । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लन्डन न्यू इयर डे परेड’मा सहभागी रोयल बरो अफ ग्रीनवीचले नेपाली मौलिक प्रस्तुतिका लागि तेस्रो पुरस्कार जितेको छ ।
नयाँ वर्षको दिन लन्डनमा आयोजित परेडमा सहभागी ७५ समूहमध्ये लन्डन बरोहरुको प्रतिस्पर्धामा ग्रीनवीच बरो तेस्रो भएको मेयर जीत रानाभाटले जानकारी दिनुभयो । लन्डन ह्वाइट हलमा आयोजित एक समारोहमा लन्डन न्यू इयर परेडका निर्देशकले तेस्रो पुरस्कार स्वरुप ग्रीनवीच बरोलाई ट्रफी प्रदान गर्नुभएको हो ।
ग्रीनवीच बरो मेयर जीत रानाभाट, मेयरेस गौमाया गुरुङ, परेडका लागि बरोका संयोजक श्रीचन्द्र गुरुङलगायतले पुरस्कार ग्रहण गर्नुभएको हो । यस वर्ष परेडमा प्रस्तुतिको आधारमा लन्डनको लुइसम बरो प्रथम र सटन बरो दोस्रो भएका छन् । तेस्रो स्थान प्राप्त गरेको ग्रीनवीच बरोले पाँच हजार पाउण्ड नगद प्राप्त गरेको छ । सो रकम मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टमा खर्च गरिने जनाइएको छ ।

परेडमा यस वर्ष ग्रीनवीच बरोको तर्फबाट मेयर जीत रानभाटको पहलमा स्थानीय नेपाली समुदायले नेपाली कला, संस्कृति झल्काउने मौलिक प्रस्तुति प्रदर्शनी गरेको थियो । मेयर रानाभाटले लन्डन परेडमा बरोले नेपाली कला, संस्कृतिको प्रदर्शनी गर्दै तेस्रो स्थान हासिल गरेकोमा सहभागी सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।
परेडमा ग्रीनवीच बरोका तर्फबाट पासा पुचः गुथि यूकेले सुशील प्रजापतिको संयोजनमा धिमे, ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी र लाखे नाच, गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा र साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो । थकाली समाज यूके, डायमण्ड बुद्धिष्ट सेन्टर यूके, मगर समुदायले आफ्नो कला संस्कृति देखाएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा